News प्रदेश ७

‘भवनमा खासै लगानी छैन, हलकोभित्र ढलाई गरियो, बांगाटिंगा झ्याल मिलाइयो’

‘भवनमा खासै लगानी छैन, हलकोभित्र ढलाई गरियो, बांगाटिंगा झ्याल मिलाइयो’

बझाङ्गको केदारस्युँ गाउँपालिका १ मा बनाइएको कोभिड आईसोलेसन सेन्टर असुरक्षित, अव्यवस्थित र न्युन गुणस्तरिय भएको भन्दै चौतर्फी आलोचना भएपछि  गाउँपालिकाका निमित्त कार्यकारीले प्रतिक्रिया जनाएकाछन् ।


आईतबार नेपाल आजबाट प्रकाशित भएको समाचारको बारेमा प्रतिक्रिया जनाउँदै निर्माण कार्यमा कमजोरी भएको स्विकारे । 


कोभिड अस्पताल निर्माणको विषयमा पछि आउन सक्ने आलोचना तथा विवादको बारेमा आफुले गाउँपालिकाका प्राविधिक ललित मल्ललाई राम्रोसँग सुझाव दिएको बताए । उनि भन्छन्, ‘लागत कति लाग्छ भन्ने कुरा प्राविधिकले निकाल्ने हो । इन्जिनिएर साबलाई धेरै सम्झाएको हुँ । एक्चुअल कस्ट भन्दा तलमाथि नगर्नु होला इन्जिनियर साब भनेर सुरुमै भनेको छु । इन्जिनियरले निकालेको लागत मेरो टेबुलमा आईसकेपछि मैले त भुक्तानि दिनुपर्ने हुन्छ ।


कोभिड अस्पताल निर्माणको विवादलाई लिएर निमित्त कार्यकारी अधिकृत जोशीले प्राविधिक मल्लतिर औँला देखाएका छन् । कोभिड अस्पताल निर्माण गर्ने बेलादेखि नै आफुले आलोचना नआउने तरिकाले बनाउन निर्देशन गरेको तर इन्जिनियरले नै अटेर गरेको उनको भनाई छ ।

 

       गाउँपालिकाले १३ लाखको लागतमा निर्माण गरेको कोभिड अस्पताल


कार्यकारीको वक्तव्यबाट पनि सरोकारवालाहरुले दाबी गरेको आर्थिक अनियमिततालाई तथ पुष्ट्रि गरेको छ । कमसल निर्माण सामाग्री गरेर टालटुले तरिकाले छाप्रो निर्माण गरेर जनप्रतिनिधि र कर्मचारीले चरम आर्थिक हिनामिना गरेको सरोकारवालको दाबी छ । गाउँपालिकाका विकास निर्माणका प्रत्येक योजनामा कमिसन र भ्रस्टाचार हुने गरेको जानकारहरु बताउँछन् ।

 
‘आर्थिक अनियमितता भएको यो त एक उदाहरण मात्र हो । गाउँपालिकाले निर्माण गरेका प्रत्येक योजनामा भ्रस्टाचार हुने गरेको छ । कर्मचारीकै मिलेमतोमा खुलेआम प्रतिशतमा रकम बाडिन्छ । गाउँपालिकामा करारमा जागिर खाएका कर्मचारीले तराईमा लाखका घडेरी किनेकाछन् । यत्रो पैँसा कहाँबाट आयो?, एकजना स्थानिय भन्छन् ।’


भवनमा धेरै लगानि नरहेको कुरा गाउँपालिकाका प्राविधिक ललित मल्लले स्विकारे । उनि भन्छन्, ‘भवनमा खासै लगानि छैन । हलको भित्र ढलाई गरियो । बाङ्गगाटिङ्गगा झ्यालहरु मिलाईयो । ट्वाइलेटको दुइटा खाल्डो खन्या छौँ ।’


गाउँपालिकाले निर्माण गरेको कोभिड अस्पतालको सम्र्पुण लागतको विवरण सार्वजनिक गर्न स्थानिय युवाहरुले माग गरि रहेकाछन् ।   

कोभिड अस्पताल केदारस्युँ गाउँपालिका बझाङ्ग

विशेष