News

जसपाका दुई अध्यक्ष विच पत्र युद्ध, के होला सहमति ?

जसपाका दुई अध्यक्ष विच पत्र युद्ध, के होला सहमति ?

जनता समाजवादी पार्टी नेपाल (जसपा)का अध्यक्षद्वय महन्थ ठाकुरले पार्टी संसदीय दलको नेतामा राजेन्द्र महतो चयन भएको जानकारी संघीय संसद् सचिवालयमा गराएका छन्। 

अध्यक्ष ठाकुरले मंगलवार संसदीय दलको नेता महतो भएको जानकारी सचिवालयमा गराएका हुन्। अध्यक्ष ठाकुर र उपेन्द्र यादवबीच राजेन्द्र महतोको संसदीय दलको नेताको पद खारेज गर्ने सहमति भए लगत्तै उनले यस्तो पत्र पठाएका हुन ।

नेता यादवले भने ठाकुरसँग नेता महतोलाई दलको नेता बनाउने निर्णय खारेज भएको बताएका थिए। विभाजनको डिलमा पुगेको जसपा भित्र मंगलबार मात्र फे झिनो सहमतिको सम्भावना देखिएको थियो। दुवैले संयुक्त विज्ञप्ति जारी गर्दै सरकारमा सहभागि नहुने जानकारी दिएका थिए ।

यस अवस्थामा ठाकुरले फेरि नेता महतोलाई संसदीय दलको नेता चयन गरेको जानकारी सचिवालयमा पठाएपछि सहमतिमा समस्या देखिएको छ।
यता, अध्यक्ष यादवले पनि ठाकुरको पत्रको काउण्टर पत्र पठाएका छन् । उनको पत्रमा हालसम्म जसपाको दलको नेता कोही पनि चयन नभएको उल्लेख छ।

कार्यकारिणी समितिबाट संसदीय दलको विधान अनुमोदित हुनुपर्नेमा हालसम्म नभएको उल्लेख गर्दै दलको नेता चयन भनेर सन्चारमाध्यममा आएका प्रचार भ्रमपूर्ण रहेको र कसैले जानकारी दिएकोमा भए त्यसलाई वैधानिकता नदिन जानकारी दिएका छन् ।

यो पनि

महन्थको ‘यु टन’: पार्टीमा उपेन्द्र–वावुराम हावी, सरकारमा नजाने घोषणा

विशेष