News

नेपालमा कोरोनाका सकृय संक्रमितको संख्या १ लाख १४ हजार ५ सय २९ पुग्यो

नेपालमा कोरोनाका सकृय संक्रमितको संख्या १ लाख १४ हजार ५ सय २९ पुग्यो

२४ घण्टामा नेपालमा ८ हजार २ सय ३ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ ।

२० हजार २ सय ८६ जनाको पीसीआर र ६ सय ९३ जनाको एन्टिजेन परीक्षण गर्दा ८ हजार २ सय ३ जनामा सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । 

यो सँगै नेपालमा कोरोना भाइरसको सङ्क्रमण पुष्टि हुनेको संख्या ४ लाख ७२ हजार ३ सय ५४ पुगेको छ । 

यस्तै २४ घण्टामा ६ हजार आठ सय ९१ जना कोरोनामुक्त भएका छन् । योसँगै नेपालमा कोरोना सङ्क्रमणमुक्त हुनेको संख्या ३ लाख ५२ हजार ४ सय १४ पुगेको छ । 


यसैगरी, कोरोना सङ्क्रमणबाट थप १ सय ९६ जनाको मृत्यु भएको छ । यसअघिको प्राप्त विवरण र पछिल्लो २४ घण्टामा गरी एक सय ९६ जनाको ज्यान गएको मन्त्रालयले जनाएको छ । योसँगै नेपालमा सङ्क्रमणवाट मृत्यु हुनेको संख्या ५ हजार ४ सय ११ पुगेको छ ।   

 अहिले नेपालमा सक्रिय सङ्क्रमितको संख्या १ लाख १४ हजार ५ सय २९ पुगेको छ । 

विशेष