News अपराध सुरक्षा

वलात्कार आरोपमा गाउँपालिकाका अध्यक्ष थुनामा

वलात्कार आरोपमा गाउँपालिकाका अध्यक्ष थुनामा

सुनसरीको भोक्राहा नरसिंह गाउँपालिकाका अध्यक्ष महेन्द्रप्रसाद यादव वलात्कारको आरोपमा थुनामा पुगेका छन् ।

१७ वर्षीया बालिकालाई जवरजस्ती करणी गरेको अभियोगमा पक्राउ परेका यादवलाई जिल्ला अदालत सुनसरीले उनलाई पुर्पक्षका लागि थुनामा राख्ने आदेश दिएको छ ।

न्यायाधीश टिकेन्द्र दाहालको इजलाशले यादवलाई पुर्पक्षको लागि थुनामा राखेर कारबाही गर्न आदेश दिएको अदालत प्रशासनले जनाएको छ ।

अदालतको आदेशपछि यादवलाई झुम्कास्थित क्षेत्रीय कारागार पठाइएको छ । यादव गत बैशाख ८ गते कोशी राजमार्गको धरान भेडेटार सडकखण्डमा सञ्चालित डुकु होटल एण्ड लजबाट बालिकालाई करणी गर्दै गरेको अबस्थामा पक्राउ परेका थिए । 

विशेष