News राजनीति

आफनै उम्मेदवारलाई हराउन माधवले गरे सहमति, के होला देवकोटाको भविष्य ?

आफनै उम्मेदवारलाई हराउन माधवले गरे सहमति, के होला देवकोटाको भविष्य ?

नेकपा एमालेका नेता तथा राष्ट्रिय सभाको उपनिर्वाचनका उम्मेदवार रामवहादुर थापा वादलले वरिष्ठ नेता माधवकुमार नेपालसँग वाचा लिएका छन् । नेता नेपाललाई भेटन मंगलवार विहान कोटेश्वर पुगेका वादल ‘चुनावमा सहयोग गर्ने’ वाचा गराएर फिर्ता भएका हुन् ।

उपनिर्वाचन नजिकिँदै जाँदा नेता नेपालसँग भेट गरेका वादलले आफुले पूर्णसहयोग पाउने जानकारी दिए । दुई नेता विच भएको भेट र भएको सहमतिका विषयमा थापाका प्रेस संयोजक किरण भट्टराईले विज्ञप्ति जारी गरी जानकारी दिएका हुन् ।

‘नेकपा (एमाले) का वरिष्ठ नेता माधवकुमार नेपाल र गृहमन्त्री रामबहादुर थापा ‘बादल’ बीच आज नेपाल निवास कोटेश्वरमा भेटवार्ता भएको छ। भेटवार्ता पार्टीको आन्तरिक विषय र यही जेठ ६ गते हुन गइरहेको राष्ट्रियसभाको उपनिर्वाचनको विषयमा केन्द्रित रहेको थियो’ उनले विज्ञप्तिमा लेखेका छन्–‘भेटमा नेता नेपालले राष्ट्रियसभाको निर्वाचनमा उम्मेदवार रहनुभएका गृहमन्त्री बादललाई आफ्नो पूर्ण सहयोग रहने बताउनुभएको गृहमन्त्री बादलले जानकारी दिनुभयो । भेट सकारात्मक रहेको उहाँको भनाइ छ ।’

पार्टी विवाद उत्पकर्षमा पुगेका वेला नेपाल पक्षले नेपाली कांग्रेस, माओवादी केन्द्र लगायतका विपक्षीसँग मिलेर खिमलाल देवकोटालाई उम्मेदवारका रुपमा अगाडि सारेको थियो । नेपाल पक्ष राष्ट्रियसभाको उपनिर्वाचनमा कता उभिन्छ भन्ने विषयमा अहिले पनि टुङ्गो लागेको छैन ।

एमाले महासचिव ईश्वर पोखरेलले प्रदेशसभा सदस्य र स्थानीय निकायका प्रमुख, उपप्रमुखलाई ह्वीप जारी गर्दै एमालेका उम्मेदवार बादलका पक्षमा मतदान भनेका छन् ।

विशेष