News स्वास्थ्य

नेपालमा कोरोनाका तीन वटा भेरिएन्ट पुष्टि, सबै उमेर समूहमा धेरै संक्रामक

नेपालमा कोरोनाका तीन वटा भेरिएन्ट पुष्टि, सबै उमेर समूहमा धेरै संक्रामक

नेपालमा कोरोनाका तीन वटा भेरिएन्ट पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले मंगलवार यसको पुष्टि गरेको हो ।

नेपालमा कोभिड–१९ का थप दुई नयाँ भेरिएन्ट देखिएको मन्त्रालयले जनाएको छ। नयाँ देखिएका दुवै भेरिएन्ट सबै उमेर समूहमा धेरै संक्रामक र जोखिमपूर्ण रहेको पाईएको छ ।

कोभिड–१९ को दोस्रो लहर चलेपछि स्वास्थ्य मन्त्रालयले विश्व स्वास्थ्य संगठन (डब्लूएचओ)को समन्वयमा ३५ वटा नमूना विदेश पठाएको थियो। नेपालबाट पठाएका नमूनाको भारतको ‘सीएसआईआर–इन्स्टिच्यूट अफ जेनोमिक्स एन्ड इन्टेग्रेटिभ बाइलोजी’मा सिक्वेन्सिङ गरिएको थियो। 

जसमा ३४ जनामा ‘बी.१.६१७.२’ भेरिएन्ट र एक जनामा ‘बी.१.६१७.१’ भेरिएन्ट देखिएको छ। नयाँ देखिएका दुवै भेरिएन्ट गत ५ अक्टुबर, २०२० मा भारतको महाराष्ट्रमा देखिएका थिए। यी भेरिएन्टलाई विश्व स्वास्थ्य संगठन (डब्लूएचओ)ले १० मे २०२१ मा ‘भेरिएन्ट अफ कन्सर्न’ भनेर घोषणा गरेको छ।

यि दुवै भेरिएन्टसहित नेपालमा तीन वटा भेरिएन्ट पुष्टि भएको मन्त्रालयका सहप्रवक्ता डा. समिर अधिकारीले जनाएका छन् ।

‘हाल पत्ता लागेको नयाँ भाइरस सबै उमेर समूहमा धेरै संक्रामक र जोखिमपूर्ण रहेको अध्ययनहरूबाट पाइएको छ’ डा. अधिकारीले भनेका छन्। 


 

विशेष