News

देवरसँग मिलेर पत्निले नै गरिन पतिको हत्या

देवरसँग मिलेर पत्निले नै गरिन पतिको हत्या

धनुषामा आफनै पत्निल एक पुरुषको हत्या गरेकी छिन् । जिल्लाको हंसपुर नगरपालिका–६ को टिल्हीका २५ वर्षीय युवक शम्भु मण्डलको हत्या भएको हो ।

घरायसी विवादमा पत्निले आफ्नो देवरहरुसँग मिलेर पतिको हत्या गरेको धनुषाका प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक मकेन्द्र कुमार मिश्रले जानकारी दिए ।

गएराति भएको विवादमा मण्डलकी पत्नी २३ वर्षीया सुशिलादेवी मण्डल, भाइहरु जय मण्डल र अनिल मण्डलले कुुटपिट गरि धारिलो हतियार प्रहार गरेर हत्या गरेको मिश्रले बताए ।

हत्या गरेर पत्नी तथा भाइरहरु फरार भएको प्रहरीले जनाएको छ । उनीहरुको खोजी भइरहेको तथा घटना स्थलमा प्रहरी निरीक्षकको नेतृत्वमा प्रहरी खटेको प्रवक्ता मिश्रले बताए । 

विशेष