News

बाहिर बादल जिताउन सर्कुलर, भित्र-भित्र हराउन षड्यन्त्र ! 

बाहिर बादल जिताउन सर्कुलर, भित्र-भित्र हराउन षड्यन्त्र ! 

एमाले महासचिब इश्वर पोखरेलले रामवहादुर थापा ‘बादल’ लाई जिताउन परिपत्र गरेको भएपनि उनकै योजनामा बादललाई हराउने षड्यन्त्र भैईरहेको विषयले प्राथमिकता पाउन थालेको छ।

यसअघि रक्षा मन्त्रि रहेका पोखरेको जिम्मेवारी खोसेर प्रधानमन्त्री केपी शर्मा ओली स्वंयले लिएका थिए । पोखरेललाई उपप्रधानमन्त्रीको जिम्मेवारी दिइए पनि कार्यविभाजनमा भने प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय तोकिएको थियो । बिना बिभागिय मन्त्री बनाइएका पोखरेलको हातमा कुनै जिम्मेवारी छैन । विगतमा रक्षा मन्त्री रहेर पछि शक्तिहिन बनेका इश्वर बादललाई निर्वाचनमा हराएर गृहमन्त्री बन्ने दाउमा छन् । 

निर्वाचनमा पराजित भए बादल ४ महिनामा अनिवार्य मन्त्रीबाट मुक्त हुन्छन् । संविधानको धारा ७८ उपधारा १ अनुसार संघीय संसदको सदस्य नरहेको व्यक्ति बढीमा ६ महिना मात्र मन्त्री हुन पाउने व्यवस्था छ । शपथ ग्रहण गरेको मितिले ६ महिनाभित्र संघीय संसदको सदस्यता लिन नसके उक्त स्थान स्वत रिक्त हुन्छ । करिब ७ महिनादेखि बिना विभागिय मन्त्री बनाईएका पोख्रेल चुनावबाट बादललाई पाखा लगाएर गृह मन्त्री बन्ने तयारी रहेको विश्लेषकहरुको भनाई छ ।

बादलभन्दा खिमलाल देबकोटा नै खाँटी एमाले र विज्ञ भएको पोखरेल र उनी निकटकाहरुको भित्री निष्कर्ष छ । माधव समुहका डा. खिमलाल देवकोटालाई काँग्रेस, माओवादी, एमाले माधव समुह, जसपा उपेन्द्र यादव समुहले साझा उम्मेद्धारको रुपमा उभ्याएकाछन् । पोखरेल निकट स्रोतका अनुसार पोखरेल र सुवास नेम्वाङको कोपभाजनमा बादल पर्ने सम्भावना छ।

उसो त बामदेबलाई बर्दियामा नहराएको भए वर्तमान प्रधानमन्त्री ओली उहिलै पदच्युत हुँन्थे भन्ने नजिर पनि स्थापित छ । ओलीको काउण्टरमा उभिने पात्र बामदेबलाई बेलैमा राजनीतिमा बली दिएको नजिर कायमै रहेको बेला बादललाई यो चुनाव निकै भारी पर्ने विश्लेषकहरु बताउँछन् । माओवादी छाडेर एमाले प्रवेश गरेर भाग खान आएका बादललाई बेदी चढाउनु पर्ने पोखरेलको भित्री योजना रहेको विश्लेषण गर्न थालिएको । 

एमालेको बालुवाटारमा बसेको स्थायी समितिको बैठकले उम्मेद्धार उठाउने निर्णय गरे लगत्तै वादलले सिम्रिक एयरको हेलिकप्टर मार्फत हेटौडा पुगेर उम्मेद्धारी मनोनयन दर्ता गराएका हुन् ।
०७४ सालमा माओवादीबाट निर्वाचित बादल एमालेमा गएपछि कारवाहीमा परेका थिए । माओवादीले कार्बाही गरेपछि उनको पद रिक्त भएको छ।

इश्वर पोखरेल रामवहादुर थापा ‘बादल’ केपी शर्मा ओली नेकपा एमाले

विशेष