News

सिरहामा कोरोना संक्रमणवाट चिकित्सकै मृत्यु

सिरहामा कोरोना संक्रमणवाट चिकित्सकै मृत्यु

सिरहाको लहान घर भएका एक चिकित्सकको कोरोना संक्रमण भएर मृत्यु भएको छ ।

लहान नगरपालिका –६ घर भएका ३५ वर्षिय अर्थोपेडिक विशेषज्ञ डा. मुकेश चौधरीको कोरोना संक्रमणका कारण मृत्यु भएको हो । सोमबार साँझ उपचारका लागि विराटनगरस्थित विराट नर्सिंङ होममा भर्ना गरिएका उनको सोहि क्रममा मृत्यु भएको लहान नगरपालिकाको स्वास्थ्य शाखाले जनाएको छ।

कोरोना संक्रमण भएपछि उनी ९ दिनदेखि होम आइसोलेसनमा बसेका थिए । स्वास्थ्यमा थप समस्या आएपछि उनलाई अस्पताल लगिएको थियो ।

डा. चौधरी लहानमा डाइनोष्टिक सेन्टर सञ्चालन गर्दै आएका थिए । उनी सोही सेन्टरमा सेवा दिने क्रममा संक्रमित भएका हुन।

विशेष