News

कोरोनावाट सप्तरीको सप्तकोशी नगरपालिकाकी उपमेयरको मृत्यु

कोरोनावाट सप्तरीको सप्तकोशी नगरपालिकाकी उपमेयरको मृत्यु

कोरोना संक्रमणका कारण सप्तरीको सप्तकोशी नगरपालिकाकी उपमेयर आशा चौधरीको मृत्यु भएको छ ।

विराटनगर स्थित विराट नर्सिङ होम तथा विराटनगर अस्पतालमा मंगलवार विहान उनको मृत्यु भएको हो ।

१५ दिनअघि उनलाई ज्वरो, रुघाखोकी र स्वासप्रश्वासमा समस्या देखिएपछि फत्तेपुर स्वास्थ्य चौकीमा एन्टिजेन परिक्षण गर्दा कोरोना संक्रमण पुष्टि भएको थियो । 

स्वास्थ्यमा थप समस्या देखिएपछि स्थानीय फत्तेपुर मोडल पोलिक्लिनिकमा सामान्य उपचारपछि उनलाई विराटनगर लगिएको थियो । आईसियुमा राखेर उपचार गर्दा पनि स्वास्थ्यमा सुधार नआएपछि उनलाई भेन्टिलेरमा सारिएको थियो ।

गर्भवती समेत रहेकी चौधरीको पेटको वच्चा ३ दिन अघि मात्रै मृत अवस्थामा निकालीएको परिवारका सदस्यले जानकारी दिएका छन् । स्वास्थ्यकर्मीहरुका अनुसार पेटमा भएको वच्चाका कारण पनि उनलाई थप असहज भएको थियो ।

३६ वर्षिया मृतक चौधरीका पति र ८ वर्षिय एक छोरो छन् । उनी स्थानीय तह निर्वाचनमा नेकपा एमालेवाट उपमेयरमा निर्वाचित भएकी थिईन।
 

विशेष