News राजनीति

महन्थको ‘यु टन’: पार्टीमा उपेन्द्र–वावुराम हावी, सरकारमा नजाने घोषणा

महन्थको ‘यु टन’: पार्टीमा उपेन्द्र–वावुराम हावी, सरकारमा नजाने घोषणा

राष्ट्रपति विद्यादेवी भण्डारीले वहुमतको सरकार गठनका लागि राजनीतिक दलहरुलाई तीन दिनएको समय दिएपछि नेपाली कांग्रेसका सभापति शेरवहादुर देउवाले जसपाका अध्यक्ष महन्थ ठाकुरलाई प्रधानमन्त्री वन्न अफर गरे ।

सकेसम्म कांग्रेसको नेतृत्वमा सरकार वनाउने र कांग्रेसका नेतृत्व अस्विकार भए प्रधानमन्त्री केपी शर्मा ओलीलाई हटाउन ‘तपाई नै प्रधानमन्त्री वन्नोस’ भनेर देउवाले राखेको प्रश्ताव ठाकुरले अस्विकार गरे । उनले म प्रधानमन्त्री वन्दिनँ त भनेन् तर पार्टीमा छलफल गर्छु भन्दै देउवा निवासवाट निस्केका उनी त्यसपछि सम्पर्कमै आएनन् ।

एमाले अध्यक्ष ओलीले संसदमा विश्वासको मत लिँदा पनि जसपाको ठाकुर पक्ष तठस्थ वस्यो । उपेन्द्र यादव पक्षले भने विपक्षमा मतदान गर्यो । ठुलो दलको हैसियतले केपी शर्मा ओली पुनः प्रधानमन्त्री नियुक्त भएपछि ठाकुर पक्ष सरकारमा जाने लगभग पक्का जस्तै थियो ।

सार्वजनिक रुपमा सरकारमा जाने घोषणा नगरे पनि नेता राजेन्द्र महतो पनि सरकारमा जान इच्छुक थिए । मन्त्री मण्डल गठनमा क्रममा पनि जसपाले उपसभामुखसहित १० मन्त्री मागेको कुरा वाहिरियो । जसपाको यो प्रश्ताव पछि थप छलफल गरेर मात्रै सरकारमा समावेश गराउने भन्दै ओलीले पुरानै मन्त्रीलाई समावेस गरेर सरकार गठन गरे ।

तर, पछिल्लो समय जनता समाजवादी पार्टी (जसपा)ले तत्काल सरकारमा नजाने बताएको छ। मंगलबार जसपाका अध्यक्षद्वय महन्थ ठाकुर र उपेन्द्र यादवले विज्ञप्ति जारी गर्दै तत्काल सरकार नजाने घोषणा गरेका हुन्।

आफ्नै पार्टीको नेतृत्वमा सरकार बन्ने वा राष्ट्रिय सहमतिको सरकार बन्ने भएमा मात्र अघि बढ्ने उनीहरुको भनाई छ। 

‘पार्टी सरकारमा सहभागी हुने र नहुने सम्बन्धमा व्यापक तर्क–विर्तक एवं अड्कलबाजीहरू भइरहेका छन् । तत्काल हाम्रो पार्टी सरकारमा सहभागी हुने छैन।’ विज्ञप्तिमा भनिएको छ–‘जनता समाजवादी पार्टी, नेपाल सरकारमा सहभागी नभई प्रतिपक्षमा नै रही आफ्नो भूमिका निर्वाह गर्ने पार्टीको नीति र निर्णय यथावत कायम रहने छ। तर राष्ट्रिय सहमति वा आफ्नै पार्टीको नेतृतवमा सरकार बन्ने अवसर प्राप्त हुन सक्ने अवस्था भएमा सरकार गठन गर्न अगाडि बढ्न सकिने छ।’

यो विज्ञप्तिसँगै राजपामा फेरी उपेन्द्र यादव–वावुराम भट्टराई पक्ष हावी भएको अनुमान लगाउन थालिएको छ । आन्तरिक विवादका कारण फुटको अन्तिम विन्दुमा पुगेको पार्टीका दुवै अध्यक्षले संयुक्त विज्ञप्ति निकाले सरकारमा नजाने घोषणा गर्नुका पछाडि यात ठाकुर पक्ष कमजोर भएको यात अन्य कुनै शक्तिले चलखेल गरेको हुन सक्ने विश्लेषकहरु वताउँछन्।
 

वहुमतको सरकार प्रधानमन्त्री केपी शर्मा ओली जनता समाजवादी पार्टी (जसपा) सरकारमा नजाने

विशेष