News

‘त्यो पर्दैन’ भन्दै लिएको सपथ रोक्न सर्वोच्चले अन्तरिम आदेश दिएन

‘त्यो पर्दैन’ भन्दै लिएको सपथ रोक्न सर्वोच्चले अन्तरिम आदेश दिएन

प्रधानमन्त्री केपी शर्मा ओलीले ‘त्यो पर्दैन’ भन्दै लिएको सपथलाई रोक्न सर्वोच्च अदालतले अन्तरिम आदेश नदिने भएको छ । ओलीले शुक्रबार राष्ट्रपतिबाट लिएको शपथ विरुद्ध अन्तरिम आदेशद्वारा रोक्न नपर्ने अदालतले आदेश दिएको छ।

राष्ट्रपति विद्यादेवी भण्डारीले गराएको शपथ कानुनले तोकेको ढाँचामा नभएको, त्यसमाथि प्रधानमन्त्रीले शपथ रितपूर्वक नलिएको भन्दै सर्वोच्च अदालतमा चार छुट्टाछुट्टै रिट परेका थिए।

प्रधानन्यायाधीश चोलेन्द्रशमसेर राणाको एकल इजलासले ती रिटमा अन्तरिम आदेश दिन नपर्ने भनेको जनाईएको छ ।

रिट निवेदकमध्ये एक कानुन ब्यवसायीले भने– ‘माग बमोजिमको आदेश किन गर्न पर्ने भन्दै १५ दिनभित्र विपक्षीलाई लिखित जवाफ पेश गर्न त भनिएको छ। तर शपथ रोक्न अन्तरिम आदेश जारी गरिरहनु परेन भन्ने आदेश भयो ।’

विशेष