News

कोरोनावाट २४ घण्टामा चितवनमा मात्रै २० जनाको मृत्यु

कोरोनावाट २४ घण्टामा चितवनमा मात्रै २० जनाको मृत्यु

पछिल्लो २४ घण्टामा चितवनमा मात्रै २० जना कोरोना संक्रमितले ज्यान गुमाएका छन् । मृत्यु हुनेमा चितवन जिल्लाका ६ जना र बाँकी अन्य जिल्लाका छन् ।

भरतपुर अस्पतालमा कपिवलवस्तु र धनुषाका १/१, नवलपरासीका २ र चितवनका ३ गरी ७ जनाको मृत्यु भएको छ भने चितवन मेडिकल कलेजमा चितवन, रुपन्देही र तनहुँका १/१ तथा नवलपुरका २ जना गरी ५ जनाको मृत्यु भएको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ ।

यसैगरी, पुरानो मेडिकल कलेजमा चितवनका २ तथा नवलपुर दाङ र कपिलवस्तुका १/१ गरी ५ जना, भरतपुर क्यान्सर अस्पतालमा नवलपरासी, गुल्मी र रुपन्देहीका १/१ जना गरी ३ जनाको मृत्यु भएको कार्यालयले जनाएको छ ।

यसैगरी यस अवधिमा ५१ जनाले कोरोना जितेका छन् । जिल्लाका विभिन्न अस्पतालका आइसीयूमा २ सय ६० जना, भेन्टिलेटरमा ५९ जना र एचडीयूमा ९६ जना उपचाररत रहेका छन् । अहिले ५ सय २१ जनाको चितवनका विभिन्न अस्पतालहरुमा उपचार चलिरहेको छ ।

जिल्लामा बुधबार मात्रै २ सय ३५ जना थपिएसँगै जिल्लाभर कोभिड–१९ पुष्टि हुनेको संख्या १२ हजार ७२ पुगेको छ ।

विशेष