News अर्थ बैंकिङ

इसेवा मनी ट्रान्सफर र पेरू रेमिटबीच सम्झौता भएपछि अष्ट्रेलियामा रहेका नेपालीलाई ढुक्क

इसेवा मनी ट्रान्सफर र पेरू रेमिटबीच सम्झौता भएपछि अष्ट्रेलियामा रहेका नेपालीलाई ढुक्क

अष्ट्रेलियामा रहेका नेपालीहरुले नेपालमा पैसा पठाउँदा व्यहोर्नुपर्ने झन्झट र डरलाई हटाउन इसेवा मनी ट्रान्सफर र अष्ट्रेलियाको चर्चित रेमिट्यान्स कम्पनी पेरू रेमिटबीच सम्झौता भएको छ। 

अष्ट्रेलियामा रेमिट्यान्स् कारोबार गर्ने पेरू रेमिट र परम्परागत शैली तथा डिजिटल माध्यमबाट इसेवा वालेट प्रयोगकर्ता र ६५ भन्दा बढी बैंक खातामा विप्रेषण रकम भित्राउँदै आएको इसेवावीच भएको सम्झौतासँगै अष्ट्रेलियामा रहेका नेपालीहरूलाई रेमिट्यान्स भुक्तानी गर्न सहज भएको छ।

सम्झौतापछि पेरू रेमिट मार्फत पठाएको रकम इसेवा मनी ट्रान्सफरको देशभर करिव ८ हजार एजेन्टबाट भुक्तानी लिन सकिनेछ। नेपालीले आफ्नो कम्युटर तथा मोबाइलबाटै कम लागतमा आफ्नो बैंक एकाउन्टमा तथा इसेवा वालेटमा रियल टाइममा रेमिट्यान्स पठाउन सक्ने इसेवा मनी ट्रान्सफरका प्रबन्ध निर्देशक अजेश कोइरालाले जानकारी दिए ।

इसेवा र पेरु विच भएको सम्झौताले गैरकानुनी रुपमा भित्रिने रेमिट्यान्स्लाई वैधानिक रुपमा भित्र्याउन समेत सहयोग गरेको जनाईएको छ। यसले देशको अर्थतन्त्रमा सहयोग पुग्ने कोईरालाले वताए । 
 

विशेष