News स्वास्थ्य

के कोरोना भाईरस हावावाट सर्छ ? यसो भन्छन् विज्ञ

के कोरोना भाईरस हावावाट सर्छ ? यसो भन्छन् विज्ञ

चीनको वुहानवाट सुरु भएको कोरोना भाईरसका कारण यति वेला मानव जिवन संकटमा छ। कोरोनाको वारेमा हालसम्म पनि सम्पुर्ण जानकारी हुन सकेको छैन। 

रोकथाम र नियन्त्रणको सवै प्रयास प्राय सफल सावित भएका छन् । जसका वारेमा यथार्थ जानकारी नहुँदा  पनि यसको संक्रमण रोक्न वैज्ञानिक÷विज्ञहरुलाई हम्मे हम्मे परेको छ । सुरुमा हावाबाट कोरोनाभाइरस सर्छ भनियो। त्यसपछि हावावाट सर्दैन भनियो। अहिले फेरि हावाट सर्छ भन्दै सुचनाहरु सार्वजनिक भईरहेका छन् ।

यसका कारण पनि मानिसमा अन्यौता थप वद्दै गएको छ। के हो त यसको वास्तविक्ता ? भन्ने विषयमा शुक्रराज ट्रोपिकल तथा सरुवा रोग अस्पताल टेकुको क्लिनिकल रिसर्च युनिटका प्रमुख डा. शेरबहादुर पुनको भनाई यस्तो छः

कोरोनाभाइरस हावाबाट सर्छ भन्ने कुरा यस अघिको लहरका बेला समेत चर्चा भएको थियो। दुई सयभन्दा बढी अनुसन्धानकर्ता र वैज्ञानिकले विश्व स्वास्थ्य सङ्गठनलाई खुला पत्र लेखेका थिए जसमा यो हावाबाट सर्छ भनिएको हो।

तर यो हावाबाट सर्छ भन्ने बित्तिकै घर बाहिर वा चौरमा जाँदा सर्छ भन्ने होइन। सामान्यता एउटै कोठामा धेरै जना भएको र हावा आवतजावत गर्ने व्यवस्था नभएको अवस्थामा सर्न सक्ने भनेर अनुसन्धानहरूले देखाएको छ।

अहिले यो समयमा परिवारका अधिकांश सदस्य सङ्क्रमित भएको देखिन्छ। पहिलो कुरो त कोरोनाभाइरसको नयाँ भेरिअन्ट तीव्र गतिमा फैलिन्छ भन्ने कुराको पुष्टि भइसकेको अवस्था छ।

त्यो एउटा कारण हुनसक्छ भने अर्को चाहिँ हामीले परिवार भित्र पसिसकेको पत्तै पाएनौँ। र तत्पश्चात् निषेधाज्ञा भयो र घरमा बसिराख्दा परिवारका धेरै सदस्य सँगै सङ्क्रमित हुने क्रम भयो।

जनस्वास्थ्यको मापदण्ड अनुसरण भएन र घरमा पनि धेरै ध्यान दिन नसकेको हुँदा फैलिएको हो।
बीबीसीको सहयोगमा

विशेष