News

प्रधानमन्त्रीद्वारा निर्वाचन आचारसंहिता उल्लंघन, माधव नेपालको कडा आपत्ति

प्रधानमन्त्रीद्वारा निर्वाचन आचारसंहिता उल्लंघन, माधव नेपालको कडा आपत्ति

भोलि बागमती प्रदेशमा हुने राष्ट्रियसभा उपनिर्वाचनको केही घण्टाअगाडि आज प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओलीले जारी गर्नुभएको अपिल निर्वाचन आचारसंहिताको ठाडो उल्लंघन भएको निर्वाचन आयोग श्रोतले बताएको छ ।

 

आयोगको आचारसंहितामा निर्वाचनभन्दा ७२ घण्टाअगावै कुनैपनि खालको प्रचार प्रसार र लिखित अनुरोध गर्न पाईंदैन । तर प्रधानमन्त्रीले आज दुई पृष्ठको विज्ञप्ति निकालेर एमाले निकट मतदातालाई आफ्नो उम्मेदवार रामबहादुर थापालाई मतदान गर्न आग्रह गर्नुभएको छ ।

 

“बादल स्वयमले मतदातालाई विवेकको मत प्रयोग गर्न दिने भनेको अवस्थामा आज अध्यक्ष ओलीले कार्वाहीको धम्की दिनु आपत्तिजनक रहेको बताइन्छ ।”

अर्कोतर्फ विज्ञप्तिमा उल्लेख गरिएका भाषा र थापालाई मागिएको मतले एमालेभित्र देखिन थालेको वार्ताको वातावरणसमेत बिथोलिने सम्भावना बढेको छ । विज्ञप्तिमा प्रयोग गरिएका भाषाले त्यस्तो सम्भावनालाई बढाएको एमाले स्रोतले बताएको छ ।

यसअघि एमाले वरिष्ठ नेता माधवकुमार नेपालसँग गृहमन्त्री बादलले हिजो मंगलबार कोटेश्वर गएर भेट्नुभएको थियो । भेटमा बादल स्वयमले मतदातालाई विवेकको मत प्रयोग गर्न दिने भनेको अवस्थामा आज अध्यक्ष ओलीले कार्वाहीको धम्की दिनु आपत्तिजनक रहेको बताइन्छ । नेता नेपाललाई उद्धृत गर्दै उच्च स्रोतले भनेको छ ‘यसले वार्ताको वातावरण बिथोलिने सम्भावना बढेको छ ।’

“यसवारे कुरै नउठाउने चपलीहाइट वार्तामा भएको सहमति तोडिएको घटनाक्रमले केपी ओली वार्ता र एकताप्रति गम्भीर नरहनुभएको नेता निकट स्रोतको दाबी छ । “

यसअघि प्रधानमन्त्रीेले बैशाख १६ गते पनि ‘अपराधकर्म’ शब्द उल्लेख गर्दै संसदमा विश्वासको मत लिनुअघि अपिल जारी गर्नुभएको थियो । पार्टीमा दुई पक्षवीच वार्ता शुरु हुनुअघि नै उम्मेदवारी तय भएको र यसवारे कुरै नउठाउने चपलीहाइट वार्तामा भएको सहमति तोडिएको घटनाक्रमले केपी ओली वार्ता र एकताप्रति गम्भीर नरहनुभएको नेता निकट स्रोतको दाबी छ ।

नेपालको प्रतिक्रिया उल्लेख गर्दै स्रोत भन्छ ‘उहाँ (अध्यक्ष) ले धम्कीको भाषामा अरुलाई जबर्जस्ती आदेशपालक बनाउन खोज्नुभएको छ,जुन गम्भीर र आपत्तिजनक छ ।’  स्रोतः जनआस्था

विशेष