भारतममा चक्रपातमा परेर २६१ जना सफार जहाज डुब्यो, २२ जनाको मृत्यु
भारतमा ताउ–ते चक्रवातका कारण मुम्वईमा २६१ जना चढेको जहाज डुबेर २२ जनाको मृत्यु भएको छ । ६९ जना अझै बेपत्ता भएका छन् ।
८६ जनाको उद्धार गरिएको र बेपत्ताको खोजी भइरहेको भारतीय जल सेनाले जनाएको छ ।
ताउ–ते चक्रवातका भारतको गुजरात, मुम्बईसहितका क्षेत्रको जनजीवन प्रभावित भएको छ। अरब सागरबाट विकास भई गुजरातमा ल्याण्डफल भएको ताउ–ते का कारण भारी वर्षा तथा तीव्र गतिमा हावा चलेको छ ।
प्रति घन्टा १८५ किलोमिटरका दरले चक्रवात आएको थियो । चक्रवातले भारतका अरु क्षेत्रमा पनि ठूलो असर गरेको छ ।