News स्वास्थ्य

‘रेम्डिसिभिर’ औषधि नेपालमै उत्पादन, एक महिनामा वजारमा आउने दावी

‘रेम्डिसिभिर’ औषधि नेपालमै उत्पादन, एक महिनामा वजारमा आउने दावी

कोरोना संक्रमितहरुको उपचारमा प्रयोग र कालोवजारी हुदै आएको ‘रेम्डिसिभिर’ औषधि नेपालमै उत्पादन हुने भएको छ । यसको उत्पादनका लागि सफल परीक्षण र उत्पादन प्रक्रिया सुरु भइसकेको छ।

वीरगञ्जको नेसनल हेल्थ केयरले औषधी उत्पादनको लाइसेन्स पाएको छ । लाइसेन्स पाएसँगै गरिएको परीक्षण समेत सफल भएपछि नेसनल हेल्थ केयरले उत्पादनको प्रक्रिया सुरु गरिसकेको र अबको एक महिनामा उत्पादन तयार भइसक्ने नेपाल औषधि उत्पादक संघका अध्यक्ष विप्लव अधिकारीले जानकारी दिए ।

हाल माग अनुसारको आपूर्तिमा नहुँदा भारतबाट आयात हुँदै आएको रेम्डिसिभिर तस्करी हुँदै आएको छ । भारतमा नै संक्रमणको दर उच्च भएपछि निर्यातमा भारत सरकारले रोक लगाएको छ । भारतले निर्यातमा रोक लगाएपछि अहिले बंगलादेशबाट आयात हुने गरेको छ।

सोहि आरोपमा नेपाल प्रहरीको वैशाख २३ गते बसुन्धारा क्षेत्रबाट एक जनालाई पक्राउ गरेको थियो । उनीमाथि ६ थान रेम्डिसिभिर औषधि ३० हजार पर्नेमा १ लाख २० हजार रुपैयाँमा बिक्री गरेको आरोप लागेको थियो ।
 

विशेष