News

गण्डकी प्रदेशमा मन्त्रिपरिषद् हेरफेर, क–कस्ले पाए जिम्मेवारी ?

गण्डकी प्रदेशमा मन्त्रिपरिषद् हेरफेर, क–कस्ले पाए जिम्मेवारी ?

गण्डकी प्रदेशमा मन्त्रिपरिषद्मा हेरफेर भएको छ। मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले मन्त्रिमण्डल विस्तार गरैर पुरानै अनुहार दोहोर्याएका छन् ।

बुधबार विस्तार भएको मन्त्रिमण्डलमा किरण गुरुङ अर्थ, भूमि व्यवस्था, कृषि सहकारी तथा गरिबी निवारण मन्त्रालय, रामशरण बस्नेत भौतिक पूर्वाधार, सहरी विकास तथा यातायात व्यवस्था र ऊर्जा जलस्रोत तथा खानेपानी कानुन, सञ्चार तथा प्रदेश मामिला मन्त्रालयको जिम्मेवारी पाएका छन् ।

त्यस्तै, नरदेवी पुनमगरले शिक्षा, संस्कृति, विज्ञान प्रविधि तथा सामाजिक विकास मन्त्रालय, विकास लम्सालले पर्यटन, उद्योग, वाणिज्य आपूर्ति, वन वातावण तथा भू–संरक्षण मन्त्रालय तथा राजीव गुरुङ (दीपक मनाङे) ले युवा तथा खेलकुद मन्त्रालयको जिम्मेवारीमा पाएका छन् । 
 

विशेष