News

निषेधाज्ञामा दोब्बर भाडा असुल्दै बस मिलाउने गिरोह सक्रिय, यसरी हुन्छ 'डिल'

निषेधाज्ञामा दोब्बर भाडा असुल्दै बस मिलाउने गिरोह सक्रिय, यसरी हुन्छ 'डिल'

बैशाख १६ गतेदेखि उपत्यकाका तिनवटै जिल्लामा निषेधाज्ञा गरिएको छ । कोरोना नियन्त्रण गर्न भनेर बारम्बार निषेधाज्ञाको समय थपिएको थपियैछ । अत्यावश्य सेवाहरु बाहेक कुनैपनि सवारी साधन सञ्चालन गर्न नदिन जिल्ला प्रशासन कार्यालय काठमाँडौ उर्दि छ । 


तर प्रत्येक साँझ आठ बजेदेखि नयाँ बसपार्क देखि नागढुगांसम्म उपत्यकाबाट बाहिरिने बसको लाइन लाग्छ । साँझ भएपछि नयाँ बसपार्क देखि नै झोला बोकेर हुलका हुल मान्छेहरुको भिड निस्किन्छन् । साझ छ बजे बजेदेखि माछा पोखरी, बालाजु, स्वयम्भु, कलंकीको बाबा पेट्रोल पम्प अगाडि सानो सानो जात्रा नै हुन्छ । सातबजे देखि बसहरु आउँछन् । एउटै सिट क्षमताभन्दा बढि मान्छे खाँदेर बस अगाडि बड्छन् ।


निषेधाज्ञाको यो समयमा न त यसरी बस सञ्चालन गर्न नै अनुमति छ । न त बसहरुले मान्छे ओसारपसार गर्न जिल्ला प्रशासन कार्यालयबाट अनुमति पत्र (पास) नै लिएका हुन्छन् । अनुमति पत्र बिना नै सयौँ बसहरु मान्छे भरेर निर्वाध रुपमा उपत्यका छोड्छन् । साँझ भएपछि नयाँ बसपार्कदेखि नागढुंगासम्म काठमाडौ जिल्ला प्रशासन कार्यालयले लागु गरेको निषेधाज्ञा प्रभाव शुन्य जस्तो देखिन्छ । 


जिल्ला प्रशासन कार्यालयबाट बसहरुको लागि पास उपलब्ध नगराईएको प्रमुख जिल्ला अधिकारी कालिप्रसाद पराजुली बताउँछन् । उनि भन्छन्, ‘काठमाँडौबाट बसहरुलाई सवारी अनुमति पत्र दिने गरिएको छैन । तर, बसपार्क क्षेत्रमा अलपत्र परेका यात्रुलाई उद्धार गर्न ट्राफिक प्रहरीलाई जिम्मा दिइएकोछ । कतिपय मान्छेहरु खाना पुगेन, डेरा छोडि सक्यौँ भनेर भनिरहेका हुन्छन् त्यस्तो अवस्थामा उचित भाडा लिएर उद्धार गर्नु भनेको छु ।’

 
प्रमुख जिल्ला अधिकारीले अलपत्र परेका मान्छे उद्धार गर्नु भनेर ट्राफिक प्रहरीलाई दिइएको जिम्मेवारी उचित ढंगबाट पुरा भएको देखिदैन । यहि उचित मौका छोपेर चर्काे भाडा असुल्दै मान्छे ओसारपसार गर्ने गिरोह सक्रिय भएको देखिन्छ । उक्त गिरोहले यात्रुबाट दोब्बर बढि भाडा असुलेर कमिसन खाँदै बसलाई सम्र्पक गरेर पठाउँछन् । सयौँ गाडि मान्छेहरु नागढुंगा नाका भएर बाहिरिएको प्रत्यक्ष देखि रहेको प्रहरी मुकदर्शक बनेको सरोकारवालाको भनाई छ । कलंकीको बाबा पेट्रोल पम्प अगाडि बसका सहचालकले मान्छे तानातान गरेर लगेको देखियो ।


जिल्ला प्रशासन कार्यालयले अलपत्रमा परेका यात्रुलाई उद्धार गर्न दिईएको यो मौकालाई  छोप्दै महंगो भाडा असुल गरेर बस मिलाई दिने गिरोह सामाजिक सञ्जालमा सक्रिय भएको देखिन्छ ।

उक्त गिरोहले काठमाँडौदेखि देशका विभिन्न ठाउँसम्म जानका लागि बसको व्यवस्था छ भनेर सम्र्पक नम्बर सहित पोस्ट गर्छन । उक्त नम्बरमा फोन गरेपछि कति बेला बस जान्छ, कहाँ भेट्ने, भाडा कति लाग्छ सबै जानकारी दिन्छन् । टियु नोटिस नाम गरेको फेसबुक ग्रुपमा ज्योतिका डिलाएक नाम गरेको फेसबुक प्रयोग कर्ताले लेखेकाछन्, जेठ ४ गते काठमाँडौबाट अत्तरिया, धनगढी, डोटी, अछाम, बाजुरा, डडेल्धुरा जाने यात्रुले ९८८१२७२४४६ मा सम्र्पक गर्नुहोला । यो त एक उदाहरण मात्र हो । यस्ता पोस्टहरु सामाजिक सञ्जालमा छ्यापछ्याप्ती भेटिन्छन् । हामीले यो नम्बरलाई हामीले जेठ १ गते देखि पछ्याई रहेका थियौ ।  माथिको नम्बरमा फोन गर्दा पुरुष मान्छेले फोन उठाउँछ । यद्यपी सामाजिक सञ्जाल फेसबुकमा भने युवतीको आईडीबाट पोस्ट गरिएको छ । 


कुनै एकान्त कोठामा बसेर फोन गरेको जस्तो सुनिन्छ । उक्त नम्बरमा फोन गरेर बुझ्दा काठमाँडौदेखि अत्तरिया, धनगढी, डोटी, अछाम, बाजुरा, डडेल्धुरासम्म जाने बस उपलब्ध भएको जानकारी आउँछ ।

महामारीमा तोकिएको भन्दाबढि भाडा असुल गर्न पाईदैन । तर उक्त नम्बरमा बुझ्दा अछामको एकतर्फि भाडा मात्रै चार हजार लाग्ने ति व्यक्ति बताउँछन् । काठमाँडौदेखि धनगढीसम्मको भाडा तिनहजार रहेको ति व्यक्तिले फोनमा बताए । काठमाडौबाट धनगढीसम्मको जम्माभाडा भ्याट सहित १३ सय ३१ तोकिएको छ । तर, सामाजिक सञ्जालमा सक्रिय यो गिरोहले खुलेआम तोकिएको भन्दा दोब्बर भाडा असुल गरिरहेको छ ।


महानगरिय ट्राफिक कार्यालयका प्रवक्ता श्याम राज अधिकारीले दुईचारवटा जिल्ला प्रशासन कार्यालयको समन्वयमा पास उपलब्ध भएका र अत्यावश्यक काम परेका दुईचारवटा गाडिहरु बाहेक नछोडेको बताउँछन् । ‘दुईचारवटा गाडि छोडेको छ त्यो भन्दा बढि छोडेको छैन्, गाडि पठाएको जानकारी छैन । म पनि आज मात्रै कार्यालय हाजिर भएकोछु यसबारेमा बुझ्छु । कसैले तोकिएको भन्दाबढि भाडा असुलेको छ भने कारबाहि गर्छाै ।’ उनि भन्छन् । 

कलंकीको बाबा पेट्रोल पम्प अगाडि यात्रुको भिडको दृश्य

(कलंकीको बाबा पेट्रोल पम्प अगाडि यात्रुको भिडको दृश्य)


यसरी सामाजिक सञ्जालबाट दिनहुँ मान्छे जम्मा गरेर ओसारपसार गर्दा एकातिर बसमा पनि भिडभाड भएको देखिन्छ । अर्काेतिर सम्बन्धित जिल्लाको स्थानिय तहले कति मान्छे भित्रिदैछन् र कसरी व्यवस्थापन गर्ने भन्नेबारे तयारी गरेको देखिदैन । काठमाडौबाट मान्छेहरु सिधै गाउँमा गएर बसोबास गर्छन जसले गर्दा समुदायस्तरमा कोरोना संक्रमण फैलिरहेको जनप्रतिनिधिहरु बताउँछन् । 

दोब्बर भाडा

विशेष