कोरोनाको निःशुल्क उपचारका लागि तोकियो ३० अस्पताल, कुन प्रदेशमा कुन ?

सरकारले देशका कुल ३० वटा अस्पतालमा कोरोनाको निशुल्क उपचार गर्ने भएको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले वुधवार अस्पतालहरुको सूची सार्वजनिक गर्दै यसको जानकारी दिएको हो । जसमा निजी तथा सामुदायिक अस्पताल तथा मेडिकल कलेजहरु समावेस छन् ।
मन्त्रालयले बुधबार जारी गरेको विज्ञप्तिमा तोकिएका ७ वटा प्रदेशका अस्पतालहरुमा कोरोनाको निःशुल्क उपचार हुने बताएको छ ।
प्रदेश १ मा १, प्रदेश २ मा २, वाग्मती प्रदेशमा १७, गण्डकीमा २, लुम्वनीमा २ र सुदुरपश्चिममा ६ वटा अस्पताललाई निशुल्क उपचारका लागि तोकिएको छ ।
अस्पतालको सूचीः