News

केपीले भने खिमलालले जितेपनि दुध कहाँ पोखियो थालमा !

केपीले भने खिमलालले जितेपनि दुध कहाँ पोखियो थालमा !

जेठ ६ गते हुन लागेको बाग्मती प्रदेश सभाको चुनावमा प्रधानमन्त्रि केपी शर्मा ओलीको समुहबाट गृह मन्त्री राम बहादुर थापा बादल उम्मेदवार छन् । एमालेकै माधव नेपाल समुह, नेपाली काँगे्रस, माओवादी केन्द्र र जसपाको साझा उम्मेदवारको रुपमा डा. खिमलाल देवबकोटा उम्मेदारछन् ।
 
बादल विरुद्ध बालुवाटार नै सक्रिय रहेको चर्चा चलिरहँदा एमाले अध्यक्ष ओली खिमलाल प्रति नरम रहेको पुस्ट्री हुने गरि नेपाल आजलाई खबर प्राप्त भएको छ ।

खिमलाललाई भोट दिए कडा कार्बाही गर्ने आशयको विज्ञप्ति ओलीले जारी गर्नुपर्ने बादलको इच्छा थियो । तर, ओलीले आँलटाल गरिदिए । उनले खिमलालले जीते पनि ‘दुध कहाँ पोखियो थालमा भनेजस्तो’ भनेको ओली निकट स्रोतले जनायो । ओलीले खिमलाल प्रति नरम हुने संकेत गर्नुलाई अर्थपूर्ण मानिएको छ । ओली गुटमै रहेका बामदेबलाई बर्दियामा प्रतिनिधीसभाको चुनाव हराउन ओली पक्ष खुलेर लागेको थियो । अहिले बादल सोही शैलीको शिकार हुन लागेको आँकलन हुन थालेको छ ।
 

राम बहादुर थापा बादल

विशेष