News विदेश स्वास्थ्य

वैज्ञानिक भन्छन्– कोरोनाको भयावह अवस्था आउनुमा मोदी जिम्मेवार

वैज्ञानिक भन्छन्– कोरोनाको भयावह अवस्था आउनुमा मोदी जिम्मेवार

सरकारले नै गठन गरेको वैज्ञानिकहरुको समूहले दिएको सुझावलाई नमान्दा भारतमा कोरोनाको अवस्था आएको जनाईएको छ ।

वैज्ञानिक सल्लाहकारहरुको समूहले गएको मार्च महिनामै कोरोना भाइरसको नयाँ भेरियन्ट फैलिन थालेको र त्यो ज्यादै सङ्क्रामक रहेको भन्दै सावधानी अपनाउन सरकारलाई सुझाव दिएको थियो। तर, प्रधानमन्त्री नरेन्द्र मोदी तथा सरकारले बेवास्ता उक्त सुझावलाई वेवास्ता गर्दा अहिलेको अवस्था आएको जनाईएको छ ।

वैज्ञानिकहरुको समुह मध्ये चारजना वैज्ञानिकहरुले अब केही समयमै देशको अवस्था नराम्रो हुने भन्दै चेतावनी दिएको भए पनि सरकारले बेवास्ता गरेर सङ्क्रमण रोक्ने प्रयासको सट्टा भीडभाड बढाएको बताएका छन् ।

वैज्ञानिकहरुले सरकारलाई आग्रह गरेकै समयमा कडा प्रतिबन्धहरु लगाएको भए पनि देश अहिलेको अवस्थामा नपुग्ने बताएका छन्। बढी सङ्क्रामक र घातक भेरियन्ट फैलिरहेको जानकारी दिइसकेपछि पनि लाखौं मानिस भेला भएर धार्मिक कार्यक्रम तथा राजनीतिक सभाहरु गरेकोले सङ्क्रमण व्यापक हुन सहयोग पुगेको वैज्ञानिकहरुको भनाइ छ ।

किसानहरुको आन्दोलन, प्रधानमन्त्री स्वयं तथा सत्तापक्ष र प्रतिपक्षका नेता सहभागी धार्मिक तथा राजनीतिक कार्यक्रमहरुमा मास्क समेत नलगाइ मानिसहरु सहभागी हुनु र यसलाई रोक्नुको सट्टा प्रोत्साहन गर्नु प्रधानमन्त्री मोदी र सरकारको कमजोरी रहेको वैज्ञानिकहरुले बताएका छन् ।
 

विशेष