News विदेश

ट्रम्पको कम्पनी अनुशन्धानमाः फर्जी कागज वनाएर ऋण लिएको तथा कर छलेको आरोप

ट्रम्पको कम्पनी अनुशन्धानमाः फर्जी कागज वनाएर ऋण लिएको तथा कर छलेको आरोप

अमेरिकाका पूर्वराष्ट्रिपति डोनल्ड ट्रम्पको अर्गनाइजेशनमाथि न्यूयोर्क महान्यायाधिवक्ताको कार्यालयले फौजदारी अभियोगमा अनुसन्धान सुरु गरेको छ ।

प्रमुख अभियोजनकर्ता लेटिटा जेम्सकी प्रवक्ताले पूर्वराष्ट्रपति डोनल्ड ट्रम्पको सम्पत्तिमाथि थालिएको अनुसन्धान अब देवानी अनुसन्धानको विषय नरहेको र फौजदारी दायरामा प्रवेश गरेको बताएका छन्।

ट्रम्प राष्ट्रपतिमा निर्वाचित हुनुअघिदेखिको आर्थिक कारोबारको अनुसन्धान गरिरहेको पनि जेम्सले जनाएकी छन्।

रिपब्लिकन पार्टीका ट्रम्पले भने आफूले कुनै गलत काम नगरेको र डेमोक्र्याटिक पार्टीकी अभियोजनकर्ताले गर्ने अनुसन्धान राजनीतिक उद्देश्यबाट प्रेरित रहेको बताएका छन्।


अनुसन्धान ट्रम्पले आफ्ना सम्पत्तिको मूल्य अस्वाभाविक रूपमा बढाएर ब्याङ्कहरूबाट ऋण लिएको र कर तिर्ने बेलामा त्यसको भाउ घटाएको भन्ने दाबी माथि केन्द्रित छ।

उनको कार्यालयले ट्रम्प अर्गनाइजेसका म्यानहटन, अपस्टेट न्यूयोर्क, सिकागो र लस एन्जलसमा रहेका सम्पत्तिहरूको कागजात खोजिरहेको छ।

म्यानहटनका न्यायाधिवक्ताले गत अगस्टमा प्रस्तुत गरेको कानुनी विवरणमा कम्पनीमाथि ब्याङ्क र बिमा जोडिएका विषयमा समाचारहरूमा प्रस्तुत गरिएका जालसाजीका आरोपहरू उद्धृत गरिएका छन्।

सन् २०१६ मा ट्रम्पसँग सम्बन्ध भएको दाबी गरिएका दुई युवतीलाई पैसा दिएर चुप लगाइएको आरोपको आर्थिक कारोबार अनुसन्धानको विषय हुनसक्ने बताइएको छ।
बीबीसीको सहयोगमा

विशेष