News अपराध सुरक्षा

रंगेलीमा घाँटी रेटेर महिलाको हत्या, पतिसहित घरका ४ सदस्य पक्राउ

रंगेलीमा घाँटी रेटेर महिलाको हत्या, पतिसहित घरका ४ सदस्य पक्राउ

मोरङको रंगेलीमा एक महिलाको घाँटी रेटेर निर्मम हत्या गरिएको छ। वडा नं ३ निवासी बेचन यादवकी श्रीमती २४ वर्षिया अनिताको शव नहरमा मृत अवस्थामा भेटिएको छ । 

घरदेखि करिब ढेड किलोमिटर दक्षिणमा अनिताको शव फेला परेको मोरङ प्रहरीका एसपी सन्तोष खेडकाले जानकारी दिए । पानी नभएको सुख्खा नहरमा हत्या गरेर फ्यालेको अवस्थामा शव भेटिएको प्रहरीले जनाएको छ ।

घटनास्थलमा मोरङ प्रहरीका डिएसपी मन्जिल मुकारूङको नेतृत्वमाको टोली पुगेर अनुसन्धान सुरू गरेको छ । प्रारम्भिक अनुसन्धनबाट घाँटी रेटेर हत्या गरेपछि शव नहरमा फ्यालेको देखिएको प्रहरीको भनाई छ । घटनाको मोरङ प्रहरी र इप्रका रंगेलीको टोलीले अनुस्न्धान सुरु गरेको छ।

प्रहरीले घटनाको सोधपुछको लागि श्रीमान बेचनसहित, ससुरा, सासु र देवर विनोद यादवलाई नियन्त्रणमा लिएर प्रहरीले सोधपुछ थालेको छ ।

‘कसले हत्या गर्याे त्यो पहिचान भइसकेको छैन,’ एसपी खड्काले भने, ‘परिवारको चार सदस्य माथि हामीले अनुसन्धान थालेका छौं ।’

कसले र के कारणले हत्या गर्याे थप अनुसन्धानपछि खुल्ने एसपी खड्काले जानकारी दिए । 
 

विशेष