News

राष्ट्रिय सभा सदस्यका लागि प्रधानमन्त्रीले मागे वादललाई भोट

राष्ट्रिय सभा सदस्यका लागि प्रधानमन्त्रीले मागे वादललाई भोट

प्रधानमन्त्री एवम् नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले कम्युनिष्ट आन्दोलनको भावनात्मक एकताका लागि रामवहादुुर थापा वादललाई जिताउन आग्रह गरेका छन् ।

प्रधानमन्त्री ओलीले गृहमन्त्रीसमेत रहेका पार्टीका नेता रामबहादुर थापा बादललाई मत दिन आग्रह गर्दै उनको विजयले कन्युनिष्ट आन्दोलनको भावनात्मक एकतामा वल पुग्ने वताएका हुन् ।

‘जेठ ६ गते बागमती प्रदेशबाट प्रतिनिधित्व हुने राष्ट्रिय सभा सदस्यको रिक्त पदमा कमरेड रामबहादुर थापा हाम्रो उम्मेदवार हुनुहुन्छ। उहाँ नेपालको कम्युनिष्ट आन्दोलनको एक जना वरिष्ठ नेता हुनुहुन्छ। उहाँको विजयले कम्युनिष्ट आन्दोलनको भावनात्मक एकतामा समेत बल पुग्नेछ। तसर्थ यस निर्वाचनमा एकतावद्ध भएर आफ्ना पार्टीका उम्मेदवारलाई बिजयी बनाउनु हुन आग्रह गर्दछु’– ओलीले अपिल जारी गर्दै भनेका छन्।

२०७४ सालमा भएको निर्वाचनमा बादल नेकपा माओवादी केन्द्रबाट राष्ट्रिय सभा सदस्य निर्वाचित भएका थिए। उनी नेकपा एमाले प्रवेशसँगै माओवादीले कारवाही गरेपछि पद रिक्त भएको थियो।

यहाँ संघीयताविज्ञ खिमलाल देवकोटा नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र तथा एमालेको माधव नेपाल समुहलगायतका दलको समर्थन र सहयोगमा उम्मेदवार छन्। एमालेको आन्तरिक विवाद उत्कर्षमा पुगेका वेला माधव पक्षले देवकोटालाई समर्थन गरेर उम्मेदवार वनाएको थियो ।


विशेष