News

रबिको टेलिभिजनको गाडी देखि ट्राफिक हैरान, भए तिरिमिरी!

रबिको टेलिभिजनको गाडी देखि ट्राफिक हैरान, भए तिरिमिरी!

दोस्रो लहरको कोरोना महामारीले उपत्यका सहित ७४ जिल्लामा लकडाउन गरिएको छ । सरकारले निषेधाज्ञाको अवधिमा अत्यावश्यक सेवाहरु एम्बुलेन्स, खानेपानी, स्वास्थ्य, सञ्चार, खाद्यान्न, तरकारी, फलफूल, दूध तथा दूग्धजन्य पदार्थ, बैङ, वित्तीय संस्था, दूरसंचार इन्टरनेट, क्वारेन्टाइन, आइसोलेसन, फोहोरमैला व्यवस्थापन, लगायतका ढुवानी तथा यातायातका साधनमा विषय उल्लेख गरि संचालन गर्न पाउने व्यवस्था गरेको छ । 

यसैबिच केहिदिन अघि सञ्चारककर्मी रबि लामिछानेले प्रयोग गर्दै आएको गाडि ट्राफिक प्रहरीको फन्दामा परेको छ । काठमाँडौको राहादानि विभाग अगाडि ट्राफिक प्रहरीले लामिछानेको गाडि नियन्त्रण लिएको थियो । 'टुरिष्ट पनि लेखिएको, प्रेस पनि लेखिएको अनि पास हस्पिटलको बोकेको यो त कहाँ भयो?' भन्दै डिउटीमा खटेको ट्राफिकले गाडि नियन्त्रमा लिएका थिए ।  


रबिको यस्तो हर्कतालाई लिएर आलोचना पनि भैइरहेको छ । दुर्गा पंगेनी नाम गरेको एक जना टुइटर प्रयोगकर्ता लेख्छन्, ‘रबी लामिछानेको ग्यालेक्सी टिभी पनि लेख्याछ, टुरिष्ट पनि लेख्याछ, प्रेस पनि लेख्याछ, हस्पिटलको साइन पनि छ—आफुजस्तै अतरङ्गी बनाएर चलाएछन गाडी लाम्छाने बोरो ले? अनी उनी चैँ नियम कानुन भन्दा ‘उपर’ हुन?’

 

रबी लामिछानेको ग्यालेक्सी टिभी

विशेष