कोरोनावाट नेत्र रोग विशेषज्ञ प्रडा पूज्यश्रीको निधन
नेत्र रोग विशेषज्ञ प्राध्यापक डाक्टर पूज्यश्री कार्कीको निधन भएको छ। कोरोना भाईरसको संक्रमणका कारण उनको निधन भएको हो ।
कोरोनाभाइरस संक्रमणपछि उनलाई काठमाडौंको थापाथलीस्थित नर्भिक इन्टरनेशनल अस्पतालमा भर्ना गरिएको थियो । उपचारकै क्रममा कार्कीको वुधवार निधन भएको हो।
नेपाल चिकित्सक संघका महासचिव बद्री रिजालले प्राडा कार्कीको निधन भएको पुष्टि गरेका छन् । उनी इमान्दार, लगनशील र निष्ठावान तथा प्रतिष्ठित नेत्र रोग विशेषज्ञ थिइन्।