News

७ मन्त्रीको अनुपस्थितीमा मन्त्री परिषदको वैठक जारी

७ मन्त्रीको अनुपस्थितीमा मन्त्री परिषदको वैठक जारी

प्रधानमन्त्री निवास बालुवाटारमा मन्त्रिपरिषद् बैठक जारी छ । गैरसांसद ७ मन्त्रीको नियुक्ति बदर गर्ने सर्वोच्च अदालतको फैसलापछि पहिलो बैठक बसेको हो ।

गृहमन्त्री रामबहादुर थापा ‘बादल’, उद्योगमन्त्री लेखराज भट्ट, ऊर्जामन्त्री टोपबहादुर रायमाझी, शहरी विकासमन्त्री प्रभु साह, खानेपानी मन्त्री मणी थापा, श्रममन्त्री गौरीशंकर चौधरी र युवा तथा खेलकुद मन्त्री दावा लामा बैठकमा अनुपस्थित छन् ।

संविधानको धारा ७८ को उपधारा १,२ र ३ एक चोटिका निम्ति मात्रै हो, पटकपटक प्रयोग हुने हैन भन्दै सर्वोच्च अदालतले माओवादीबाट एमाले प्रवेश गरी मन्त्री बनेकाहरुको पद खारेज गरेको थियो ।

उनीहरुले खाएको शपथ पनि बदर गरिएको छ । प्रवक्ता प्रदीप ज्ञवालीले अदालतको आदेशको सम्मान गर्ने बताएका थिए । 
 

विशेष