News

बादललाई सुर्यले साथ दिएन, मन्त्री पदपनि चैट 

बादललाई सुर्यले साथ दिएन, मन्त्री पदपनि चैट 

वाग्मती प्रदेशकाको राष्टिय सभाको आज भएको चुनावमा खिमलाल देबकोटा विजयी भएकाछन् । निवर्तमान गृहमन्त्री एवं नेकपा एमालेका उम्मेदवार रामबहादुर थापा बादललाई हराउँदै राष्ट्रियसभा सदस्यमा डा. खिमलाल देवकोटा विजयी भएका छन् । उनले ५०८८ मतभार पाए भने बादलले ४०१४ मतभार पाए ।


पहिलो पटक सुर्य चुनाव चिन्ह लिएर उम्मेदवार बनेका बादल निर्वाचनबाट पराजित भएकाछन् । यो सँगै सर्वोच्चले आज गरेको फैसला अनुसार संविधानको धारा ७८ को उपधारा १,२ र ३ एक चोटिका निम्ति मात्रै हो, पटकपटक प्रयोग हुने हैन भन्दै, गृहमन्त्री रामबहादुर थापा ‘बादल’, उद्योगमन्त्री लेखराज भट्ट, ऊर्जामन्त्री टोपबहादुर रायमाझी, शहरी विकासमन्त्री प्रभु साह, खानेपानी मन्त्री मणी थापा, श्रममन्त्री गौरीशंकर चौधरी र युवा तथा खेलकुद मन्त्री दावा लामाको पद खारेज गरेको छ ।


देवकोटालाई नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी र नेकपा एमालेको माधवकुमार नेपाल समूहको समर्थन थियो ।


वाग्मती प्रदेशसभाका १०५ सदस्यले मतदान गरेकामा देवकोटाले ५८, बादलले ४५ र नेपाल मजदुर किसान पार्टीका कृष्णबहादुर तामाङले २ मत पाए । त्यस्तै वाग्मती प्रदेशका स्थानीय तहका प्रमुख र उपप्रमुख गरी २३३ जनाले मतदान गरेकामा देवकोटाले १२८, बादलले १०३ र तामाङले २ मत पाए ।

बादल

विशेष