News

बादल हारेसंगै पोखरेल क्याम्पमा खुसियाली !

बादल हारेसंगै पोखरेल क्याम्पमा खुसियाली !

राष्ट्रिय सभा उपनिर्वाचनमा नेकपा एमालेका आधिकारीक उम्मेदवार रामवहादुर थापा ‘वादल’ पराजित भएसँगै महासचिब इश्वर पोखरेल क्याम्पमा खुसीयाली छाएको छ । 

महासचिव पोखरेलले ‘बादल’ लाई जिताउन परिपत्र गरे पनि उनकै योजनामा बादललाई हराएको आरोप छ। उनले वादल उम्मेदवार भएदेखि नै हराउन षडयन्त्र गरेको श्रोतको दावी छ ।

यसअघि रक्षा मन्त्री रहेका पोखरेलको जिम्मेवारी खोसेर प्रधानमन्त्री केपी शर्मा ओली स्वंयले लिएका थिए । पोखरेललाई उपप्रधानमन्त्रीको जिम्मेवारी दिइए पनि कार्यविभाजनमा भने प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय थुपारिएको छ ।

बिना बिभागिय मन्त्री बनाइएका पोखरेलको हातमा कुनै जिम्मेवारी छैन । विगतमा रक्षा मन्त्री रहेर पछि शक्तिहिन बनेका इश्वर बादललाई निर्वाचनमा हराएर गृहमन्त्री बन्ने दाउमा छन् । निर्वाचनमा पराजित भएसँगै उनी स्वत मन्त्री पदवाट मुक्त भएका छन् ।

विहिवार सर्वोच्च अदालतले ‘संविधानको धारा ७८ को उपधारा १, २ र ३ एक चोटिका निम्ति मात्रै हो, पटकपटक प्रयोग हुने हैन’ उनीसहित ७ मन्त्रीलाई पदमुक्त गरेको छ ।

करिब ७ महिनादेखि बिना विभागिय मन्त्री बनाईएका पोख्रेल चुनावबाट बादललाई पाखा लगाएर गृह मन्त्री बन्ने तयारीमा रहेको विश्लेषकहरुको भनाई छ ।

बादलभन्दा खिमलाल देबकोटा नै खाँटी एमाले र विज्ञ भएको पोखरेल र उनी निकटकाहरुको भित्री निष्कर्ष छ । माधव समुहका डा. खिमलाल देवकोटालाई काँग्रेस, माओवादी, एमाले माधव समुह, जसपा उपेन्द्र यादव समुहले साझा उम्मेद्धारको रुपमा उभ्याएको थियो । पोखरेल निकट स्रोतका अनुसार पोखरेल र सुवास नेम्वाङको कोपभाजनमा बादल परेका हुन् ।

०७४ सालमा माओवादीबाट निर्वाचित बादल एमालेमा गएपछि कारवाहीमा परेका थिए । माओवादीले कार्बाही गरेपछि उनको पद रिक्त भएको थियो ।

त्यसो त प्रधानमन्त्री केपी शर्मा ओलीले निर्वाचन आचार संहिता मिचेरै पनि वादलका लागि भोट मागे । तर, उनको भोट मगाई पनि वाहिर देखाउनका लागि मात्र भएको पार्टीका नेताहरको ठहर छ। श्रोतका अनुसार अध्यक्ष ओली खिमलालले जिते पनि खासै फरक नपर्ने अभिब्यक्ति दिदै आएका थिए ।

खिमलालले जीते पनि ‘दुध कहाँ पोखियो, थालमा’ भनेजस्तै हुने उनको भनाई थियो । 

यो पनि

उपनिर्वाचनः देवकोटाद्वारा वादल पराजित, वास्कोटा भन्छन्– दुध ख्वाएर पालेका साँपले डसे !

विशेष