News

अब इश्वर पोखरेलको गृह मन्त्री बन्ने दाउ!

अब इश्वर पोखरेलको गृह मन्त्री बन्ने दाउ!

जनयुद्धका सैन्य परिकल्पनाकारको रुपमा चर्चित रामबहादुर थापा ‘बादल’ राष्ट्रियसभा निर्वाचनमा पराजित  भएका छन् । विहिवार सम्पन्न मत गणनामा नेकपामा एमालेका उम्मेदवार थापालाई गठवन्धनका उम्मेदवार खिमलाल देवकोटाले १ हजार ७४ मतले पराजित गरे ।

देवकोटाले ५ हजार ८८ मत प्राप्त गर्दा थापाले ४ हजार १४ मत मात्रै पाए । विहिवारै सर्वोच्च अदालतले थापासहित ७ मन्त्रीको पद समेत खारेज गरेको छ। ‘संविधानको धारा ७८ को उपधारा १, २ र ३ एक चोटिका निम्ति मात्रै हो, पटकपटक प्रयोग हुने हैन’ भन्दै सांसद नभएका मन्त्रीलाई पदमुक्त गरेपछि एमाले महासचिव इश्वर पोखरेल अबको गृहमन्त्री बन्ने दौडमा छन् ।

वादललाई हराउन पनि महासचिव पोखरेलको भुमिका रहेको चर्चा छ। उनले महासचिवको हैसियतमा ‘बादल’ लाई जिताउन परिपत्र गरे पनि उनकै योजनामा बादललाई हराइएको आरोप पार्टी भित्रकै नेताहरुले लगाएका छन् ।

उम्मेदवार भएदेखि नै पोखरेलले वादललाई हराउन षडयन्त्र गरेको एमाले श्रोतको दावी छ । करिब ७ महिनादेखि शक्तिहिन बनेका पोखरेल ‘बादल’ को पराजयपछि गृहमन्त्री बन्ने ठुलो सपना वोकेर वसेको वताईन्छ।

यसअघि रक्षा मन्त्री रहेका पोखरेलको जिम्मेवारी खोसेर प्रधानमन्त्री केपी शर्मा ओली स्वंयले लिएका थिए । कार्यविभाजनका क्रममा पोखरेललाई प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा  थन्क्याईएको छ।

गृह मन्त्री बन्ने दाउ! महासचिव इश्वर पोखरेल

विशेष