News

राष्ट्रपतिद्वारा धारा ७६ (५) अनुसार सरकार गठनका लागि आह्वान

संविधानविद् भन्छन्– नियत नै संसद् विघटन गर्न खोजेको जस्तो देखियो

राष्ट्रपतिद्वारा धारा ७६ (५) अनुसार सरकार गठनका लागि आह्वान

राष्ट्रपति विद्यादेवी भण्डारीले नयाँ सरकार गठनका लागि आह्लान गरेकी छन् ।

राष्ट्रपतिले संविधानको धारा ७६ (५) अनुसार सरकार गठनका लागि आह्वान गरेकी हुन् । नयाँ सरकार गठनका लागि भोली साँझ ५ बजेसम्ममा विश्वासको मत प्राप्त गर्ने आधार प्रस्तुत गर्नुपर्नेछ ।


राष्ट्रपति कार्यालयका सहायक प्रवक्ता केशवप्रसाद घिमिरेले एक विज्ञप्ति जारी गर्दै संविधानको धारा ७६ उपधारा ५ अनुसार प्रधानमन्त्री पदमा दाबी गर्नका लागि प्रतिनिधिसभा सदस्यलाई जेठ ७ गते साँझ ५ बजेसम्मको समय दिएको जानकारी दिएका छन् ।


‘नेपालको संविधानको धारा ७६ को उपधारा (५) बमोजिम प्रधानमन्त्री नियुक्ति गर्ने प्रयोजनका लागि मिति २०७८ जेठ ७ गते साँझ ५ः०० बजे सम्म प्रतिनिधि सभामा विश्वासको मत प्राप्त गर्न सक्ने आधार प्रस्तुत गर्न नेपालको संविधानको धारा ७६ को उपधारा (२) बमोजिमको प्रतिनिधि सभाका सदस्यलाई आह्वान गर्नुभएको छ,’ विज्ञप्तिमा लेखिएको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले आफूलाई विश्वासको मत प्राप्त हुने राजनीतिक आधार नदेखेकाले मार्ग प्रसस्त गर्दै नयाँ सरकार गठनका लागि आह्वान गर्न अनुरोध गरेको विज्ञप्तिमा उल्लेख छ ।


संविधानविद डा. भिमार्जुन आचार्यले भने विश्वासको मत लिने प्रक्रिया प्रारम्भ हुनु पूर्व नयाँ सरकार गठनको आह्वान गर्न सक्ने संवैधानिक ब्यवस्था नभएको जनाएका छन। उनले ट्वीटरमा  लेखेका छन्–‘राजीनामा वा विश्वासको मतबाट प्रधानमन्त्री पदमुक्त नभए सम्म अर्को सरकार गठनको सिफारिश हुन सक्दैन। नियत नै ७६.३ को प्रधानमन्त्रीले संसद् विघटन गर्न खोजेको जस्तो देखियो।’

विशेष