News

कोरोनाका कारण नेपाल प्रहरीका डिएसपीको मृत्यु

कोरोनाका कारण नेपाल प्रहरीका डिएसपीको मृत्यु

कोरोना संक्रमणका कारण नेपाल प्रहरीका एक डिएसपीको मृत्यु भएको छ । महानगरीय प्रहरी परिसर काठमाडौंमा कार्यरत डीएसपी राजकुमार केसीको कोरोना संक्रमणबाट विहिवार मृत्यु भएको हो ।

नेपाल प्रहरी अस्पतालमा उपचारको क्रममा उनको निधन भएको नेपाल प्रहरी प्रधान कार्यालयले जनाएको छ। कागेश्वरी मनोहरा नगरपालिका मूलपानी स्थायी घर भएका उनलाई १५ दिनअघि संक्रमण पुष्टि भएको थियो ।

स्वास्थ्यमा समस्या देखिएपछि उनलाई प्रहरी अस्पतालमा भर्ना गरिएको थियो । 
 

विशेष