News

एमालेका पूर्वसांसदको कोरोनाका कारण मृत्यु

एमालेका पूर्वसांसदको कोरोनाका कारण मृत्यु

कोरोनाभाइरसको संक्रमणवाट एमालेका पूर्वसांसदको मृत्यु भएको छ ।

धनुषाको सवैला ११ घर भएका पूर्वसांसद तथा एमाले नेता ५२ वर्षीय योगनारायण यादवको मृत्यु भएको हो ।

स्वास्थ्यमा समस्या आएपछि उनलाई ललितपुरको मेडिसिटी अस्पतालमा भर्ना गरिएको थियो ।

०५६ सालको आम निर्वाचनमा उनी धनुषा क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका थिए । 

यादव एमाले अध्यक्ष केपीशर्मा ओलीसँग निकट नेताका रुपमा चिनिन्थे।
 

विशेष