News अपराध सुरक्षा

माओवादी नेतामाथि अज्ञात समुहद्वारा गोलि प्रहार

माओवादी नेतामाथि अज्ञात समुहद्वारा गोलि प्रहार

नेकपा माओवादी केन्द्र कपिलवस्तुका जिल्ला कमिटी सदस्य दीपक पाण्डेमाथि बुधबार राति अज्ञात समुहले गोली चलाएको छ । तौलिहवातर्फ जादै गरेका पाण्डेलाई एउटा मोटरसाइकलमा आएका ३ जनाको समूहले गोली हानेका जनाईएको छ।

राती करिव ११ वजे तौलिहवा–जितपुर सडकखण्डको सडवामा मोटरसाइकल रोकेर उनीमाथि गोली प्रहार भएको हो ।

जिल्ला प्रहरी कार्यालयका एसपी नवराज अधिकारीका अनुसार उनको पेट र बायाँतिरको कम्मरको हड्डीमा दुईवटा गोली लागेको छ भने उनीसँगै मोटरसाइकलमा रहेका भारतीय नागरिक इराज अख्तर मुलसमानको पाखुरामा गोली लागेको प्रहरीले जनाएको छ ।

घाइते पाण्डेलाई उपचारका लागि बुटवल लगिएको थियो। बुटवलका अस्पतालमा भर्ना नलिएपछि भैरहवा लगेर बिहीबार बिहान ३ मेडिकल कलेजमा उपचारका लागि भर्ना गरिएको छ ।

विशेष