News

प्रदेश १ मा कोरोनाको संक्रमण र मृत्यु दर उच्च, एकै दिन २१ को मृत्यु

प्रदेश १ मा कोरोनाको संक्रमण र मृत्यु दर उच्च, एकै दिन २१ को मृत्यु

प्रदेश १ मा बुधबार मात्रै २१ जनाको कोरोना संक्रमणका कारण मृत्यु भएको छ । कोरोना महामारीमा एकैदिन सवैभन्दा धेरै मानिसको मृत्यु भएको यो पहिलो घटना हो ।

प्रदेश १ का विभिन्न अस्पतालहरुमा उनीहरुको मृत्यु भएको हो । कोरोना संक्रमणको दोस्रो लहर सुरु भएपछि ०७८ बैशाख यताका ३७ दिनमा २३५ जना कोरोना संक्रमितको मृत्यु भइसकेको छ । बैशाखको अन्तिम सातायता प्रदेश १ मा मृत्युदर उच्च छ ।

वैशाखका अन्तिम ११ दिनमा मात्रै १५८ जनाले ज्यान गुमाएका छन् । जेठ १ गतेयता ५ दिनमा ७८ जनाको निधन भएको छ । जेठ १ मा ७, २ मा १६, ३ मा १६ र ४ मा १८ जनाको उपचारका क्रममा निधन भएको थियो।

तथ्यांकअनुसार विराटनगर महानगरपालिकामा मात्रै ५७ जनाको मृत्यु भएको छ । जिल्ला प्रशासन कार्यालय मोरङका अनुसार जिल्लाका १७ वटा स्थानीय तहमध्ये सवैभन्दा धेरै मानिसको मृत्यु विराटनगरमा भएको छ।
 

विशेष