भारतको प्रस्ताव प्रचण्डले अस्वीकार गरेपछि गोयलले भेटेका थिए ओली !
३ जेठ ०७५ मा नेकपा एमाले र नेकपा माओवादी केन्द्र एकिकरण भई नेपाल कम्युनिष्ट पार्टीको घोषणा भयो । अघिल्लो निर्वाचनसम्म काटोछिनो गरिरहेका दुई पार्टी चुनावी तालमेल र त्यसपछि पार्टी एकिकरणसम्म पुग्न निकै तानावाना वन्नु परेको थियो ।
विशेष गरी, दुई ठुला कम्युनिष्ट पार्टीलाई एक वनाएर नेपालमा राजनीतिक प्रभाव वढाउन छिमेकी देश चीनले नै एकिकरणका लागि पहल गरेको चर्चाहरु भए। एक अर्का प्रति शत्रुको ब्यवहार गरिरहेका दुई पार्टीलाई एक वनाउनु सहज थिएन। त्यसका लागि चीनले पैसाको खोलो वगाएको आरोप लगाउनेहरुको पनि कमी छैन ।
चीनले ‘सि विचारधारा’ लागु गर्न र ‘वान वेल्ट वान रोड’ अर्थात एक क्षेत्र एक सडक परियोजना सहज कार्यान्वयनका लागि नेपालका कम्युनिष्टहरुलाई एक वनाउन सक्दो प्रयास गरेको उनीहरुको वुझाई छ। आफनो उदेश्यमा चीन धेरै हदसम्म सफल पनि भएको उनीहरु वताउँछन् । माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड र एमालेका नेता माधव नेपालले ‘सी बिचारधारा’ को गोस्ठि गराउने देखि पार्टीमा छलफल चलाउनेसम्मका गतिविधि गरे।
तर, पार्टी एकता विचार र सिद्धान्तका आधारमा नभई स्वार्थ, दवाव र प्रभावमा भएको विश्लेषकहरु वताउँछन् । पार्टी एकिकरण लगत्तै नेकपाका नेताहरुको अहंकारले एकाएक शिखर चुम्न थाल्यो। कसैलाई नगन्ने र कसैलाई नपुछ्ने नेताहरुको शैली जनताकै लागि पचाई नसक्नु हुन थाल्यो ।
नेपालको राजनीतिमा प्रत्यक्ष/परोक्ष चासो राखिरहेको अर्को छिमेकी मुलुक भारतले नेपालमा चीनको चकचकी वढिरहेको नियालिरहेको थियो। त्यसैले भारतले भरखरै नियुक्त भएका भारतीय गुप्तचर संस्था रिसर्च एण्ड एनालाइसिस विङ ‘रअ’ का प्रमुख सामन्त गोयललाई ५ साउन ०७६ मा काठमाण्डौं पठायो । जति वेला नेपालका प्रधानमन्त्री थिए– केपी शर्मा ओली। गोयले प्रधानमन्त्रीसँग भेट गर्न खोजे तर असफल भए । प्रधानमन्त्री भएपछि राजनीतिक भेटघाट नगरी रअ प्रमुखसँग भेट गर्दा गलत अर्थ लाग्ने भन्दै ओलीले उनलाई भेट दिएनन्।
गोयलले आफनो नेपाल भ्रमणलाई खेर जान नदिने उदेश्यले नेकपाका अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र वरिष्ठ नेता माधव नेपालसँग भेटघाट गरे । उनको भेटघाटको एउटै उदेश्य थियो– नेपाललाई चीनको चंगुलवाट वाहिर निकाल्नु। तर, दाहाल–नेपालको झुकाव चीनतर्फ देखियो । दाहाल र नेपालले भाउ नदिएको भारतले अनुमान लगायो ।
यस विचमा नेकपा भित्र राजनीतिक खिचातानी सुरु भई सकेको थियो । नेताहरुले आफनो स्वार्थ, पद र प्रतिष्ठाका लागि लडाई गर्न थाले। दाहाल–नेपाल समुहले प्रधानमन्त्री ओलीलाई घेरावन्दी गरेर अप्ठ्यारोमा पार्ने काम गरिरहे । भारतीय नाकावन्दीका समयमा भारतको विरोध गरेर चीनसँग नजिक हुन खोजेका ओली पार्टीमा रक्षात्मक अवस्थामा पुगे ।
पार्टीको समस्या समाधान गर्न चीनले खासै वास्ता नगरेपछि ओलीलाई भारततिर घचेटिए। पर्ख र हेरको नीतिमा रहेको भारतले त्यो मौकालाई सदुपयोग गर्यो र ओलीलाई फुल सपोर्ट गर्ने वाचा गरेपछि ओली ‘त्वम् सरणम्’ को अवस्थामा पुगेको विश्लेषकहरु वताउँछन् ।
यसैको दोस्रो श्रृंखलाका रुपमा रअ प्रमुख गोयल पुनः ५ कात्तिक ०७६ मा नेपाल आएको उनीहरुको भनाई छ। गोयलको यो भ्रमणमा प्रधानमन्त्री ओलीबाहेक प्रचण्ड र माधव नेपालसँग भेटघाट हुन पाएन।
हुन त यसअघि पनि भारतले माओवादी नेता प्रचण्डसँग सम्वन्ध वढाउने प्रयास गरेको थियो । संविधान लेखन कार्य जारी रहेकै समयमा भारतले दाहाललार्य भ्रमणमा बोलाई आफ्ना केही चासोहरु राखेको थियो । तर, उनले खासै चासो दिएका थिएनन् ।
यसरी एकपछि अर्को गर्दै दाहाल–नेपाल चीनतर्फ ढक्लिएको र फर्काउन सक्ने सम्भावना नदेखेपछि गोयलले ओलीसँग भेट गरेको विश्लेषकहरुको भनाई छ। दोस्रो चरणको भेटघाटका क्रममा गोयलले सरकार संचालन र पार्टीभित्र पनि भारतीय संस्थापन पक्षको सहयोग रहने भन्दै वचन दिएपछि ओली सोहि रोडम्याप अनुसार अघि वढेको उनीहरुकोे वुझाई छ।
अन्ततः अघिल्लो निर्वाचनमा दुई तिहाईको हाराहारीमा पुगेको पार्टी (नेकपा) पुनः एमाले र माओवादीमा रुपान्तरण भएको वताईन्छ।
नेपाल कम्युनिष्ट पार्टी सामन्त गोयल केपी शर्मा ओली वान वेल्ट वान रोड