News

विरामी भेट्न हिडेको स्कारपियोलाई ट्रकले ठक्कर दिँदा २ जनाको मृत्यु

विरामी भेट्न हिडेको स्कारपियोलाई ट्रकले ठक्कर दिँदा २ जनाको मृत्यु

बिरामी भेट्न विराटनगर जाँदै गरेका आफन्त चढेको स्कारपियोलाई मोरङको पथरीमा ट्रकले ठक्कर दिँदा दुई जनाको मृत्यु भएको छ। दुर्घटनामा तीन जना गम्भीर घाइते छन् ।

पथरी– २, जयचौकमा पश्चिमतर्फ गइरहेको मे १ च १८५१ नम्बरको स्करपियोलाई सोही दिशातर्फ जाँदै गरेको ना २ ख ९४७३ नम्बरको ट्रकले ठक्कर दिएको थियो । बुधबार राति १२ बजे भएको दुर्घटनामा झापाको झापा गाउँपालिका ६ शरणमतीका ६० वर्षीय लक्ष्मी भन्ने लिलानाथ पौडेल र मोरङको रंगेली नगरपालिका ३ रन्जनीका ७६ वर्षीया विष्णुमाया सिवाकोटीको मृत्यु भएको छ।

ट्रकको ढक्करबाट स्कारपियोमा सवार दुई जनाको घटनास्थलमै मृत्यु भएको मोरङ प्रहरीका प्रवक्ता डिएसपी मानबहादुर राईले जानकारी दिए । उनकाअनुसार तीन जना गम्भीर घाइते भएका छन् ।

झापाको बिर्तामोड नगरपािलका २ चारपानेका ३३ वर्षीय विकाश उप्रेती, सोही ठाउँका ४५ वर्षीया बिनिता पौडेल र हल्दीवारी गाउँपालिका ५ का २५ वर्षीय रोशन उपे्रतीको विराटनगरस्थित गोल्डेन अस्पताल विराटनगरमा उपचार भइरहेको छ । 
 

विशेष