News स्वास्थ्य

कोरोनाले नछोडी मदनकृष्ण अस्पतालवाट डिस्चार्ज

कोरोनाले नछोडी मदनकृष्ण अस्पतालवाट डिस्चार्ज

कोरोनाले च्यापेपछि दोस्रो पटक अस्पताल भर्ना भएका कलाकार मदनकृष्ण श्रेष्ठलाई कोरोना रिपोर्ट पोजेटिभ छँदै डिस्चार्ज गरिएको छ । नेपाल मेडिसिटी अस्पतालमा उपचाररत श्रेष्ठलाई तीनदिन अगाडि डिस्चार्ज गरिएको हो।

गत वैशाख ६ गते मदनकृष्णसहित परिवारका पाँचै जनालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको थियो। उनीहरु होम आइशोलेशनमा बसेका थिए। स्वास्थ्यमा समस्या आएपछि वैशाख १० गते श्रेष्ठ नेपाल मेडिसिटीमा भर्ना भए। उपचारपछि उनी वैशाख १७ गते घर फर्किए।

तर, त्यसको केही दिनमा नै स्वास फेर्न गारो भएपछि उनी पुनः अस्पताल भर्ना भएका थिए। उनको अक्सिजन लेभल एकदमै कम भएको थियो । अक्सिजन लेभल ८५ आसपास पुगेको परिवारका सदस्यले जानकारी दिएका छन् ।

दोस्रो पटक अस्पताल भर्ना भएका उनलाई ‘रेम्डेसिविर’ औषधि चलाइएको थियो। डिस्चार्जपछि उनी घरमै वसेर सामान्य योगा गरिरहेका छन् । तर, पुर्ण रुपमा ठिक हुन अझै समय लाग्ने देखिएको परिवारका सदस्यहरु वताउँछन् । कोरोना संक्रमण भएका अन्य सदस्य भने सामान्य जीवनयापनमा फर्किएका छन् ।

मदनलाई संक्रमण भएको ३० दिन भईसकेकोले परिवारका सदस्यहरुसँग बस्दा समस्या नपर्ने बताएपछि उनी घर फर्केका हुन् ।

विशेष