News राजनीति

सरकार गठनमा ट्वीष्टः सितलनिवासमा देउवाभन्दा अगाडि ओली

सरकार गठनमा ट्वीष्टः सितलनिवासमा देउवाभन्दा अगाडि ओली

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई प्रधानमन्त्रीवाट हटाउन १४९ जना सांसद एकजुट भएका छन् । विपक्षी समूह उनीहरुको हस्ताक्षरसहित सिंहदरबारबाट शितलनिवास हिडे। 

विपक्षि समुह हिडे लगत्तै प्रधानमन्त्री ओली पनि बालुवाटारबाट निस्केर सितलनिवास तिरै लागे। विपक्षी समूह र ओली लगभग एकै समयमा शितलनिवास पुगे। तर, प्रधानमन्त्री ओली पहिला सितलनिवास छिरे । ओलीको शितलनिवास प्रवेशले विभिन्न अड्कलबाजी सुरु भएका छन् ।

प्रतिपक्षले नयाँ सरकार निर्माणका लागि बहुमत जुटाइसकेको अवस्थामा ओलीले त्यसलाई रोक्न आफ्ना पार्टीका २७ जना असन्तुष्ट सांसदविरुद्ध कारवाही गरेको जानकारी राष्ट्रपतिलाई दिनका लागि शितलनिवास पुगेको अड्कलबाजी पनि भइरहेको छ।

उता जसपाका महन्थ ठाकुरले पनि उपेन्द्र यादव पक्षलाई कारवाही गरेको जानकारी शितलनिवासलाई गराएको बुझिएको छ। 
 

विशेष