News

१५३ सांसदको हस्ताक्षरसहित प्रममा ओलीको दावी

१५३ सांसदको हस्ताक्षरसहित प्रममा ओलीको दावी

नेकपा  एमाले अध्यक्ष केपी शर्मा ओलीले नयाँ सरकारका लागि राष्ट्रपति समक्ष दावी पेस गरेका छन् । एक सय ५३ जना सांसदको हस्ताक्षर उनले राष्ट्रपतिलाई बुझाएका छन्।

प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाका अनुसार ओलीले एमालेको एक सय २१ र जनता समाजवादी पार्टीका ३२ सांसदको हस्ताक्षर राष्ट्रपति भण्डारीलाई बुझाएर फर्किएका छन् । प्रधानमन्त्रीका राजनितिक सल्लाहकार विष्णु रिमालले पनि एमालेका १२१ र जसपाका ३२ गरी १५३ जना सांसदको समर्थन आफूलाई रहेको पत्रसहित प्रधानमन्त्री केपी शर्मा ओलीले संविधानको धारा ७६(५) वमोजिम प्रधानमन्त्री पदको लागि दावी गरेको जानकारी दिएका छन् ।

प्रधानमन्त्रीले राष्ट्रपतिलाई बुझाएको दाबीमा उपेन्द्र समूहका सदस्यको नाम छ। उपेन्द्र र वावुराम भट्टराई भने आफ्नो समूहको सदस्यको हस्ताक्षर बोकेर नेपाली काँग्रेससहित चार दलका १४९ सांसदको हस्ताक्षर बोकेर शीतल निवास गएका छन्। 

उक्त समुह अहिले सितलनिवासमै छ।
 

विशेष