News राजनीति

प्रधानमन्त्रीमा देउवाको सम्भावना, नेता नेपाल ब्याक

प्रधानमन्त्रीमा देउवाको सम्भावना, नेता नेपाल ब्याक

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रधानमन्त्री नियुक्तिका लागि राष्ट्रपतिसमक्ष दाबी पेश गर्ने भएका छन् । उनको पक्षमा १४९ सांसदले हस्तक्षर गरेका छन् ।

नेकपा एमालेका नेता माधवकुमार नेपाललाई प्रस्ताव गरेपनि उनले अश्विकार गरेपछि देउवा अगाडि वडेका हुन । शुक्रबार सिहदरबारमा बसेको कांग्रेस, माओवादी केन्द्र, नेकपा एमालेको माधवकुमार नेपाल समूह र जनता समाजवादी पार्टीको उपेन्द्र यादव पक्षका शीर्ष नेताहरुको बैठकमा देउवालाई प्रधानमन्त्रीका रुपमा अघि सार्ने सहमति जुटेको हो ।

देउवालाई कांग्रेसका ६१, माओवादी केन्द्रका एक स्वतन्त्रसहित ४९, माधव नेपाल समूहका २६, जसपाका १२ र राष्ट्रिय जनमोर्चाका एक सांसदले हस्ताक्षर गरेको जनाईएको छ। हस्ताक्षरसहित अधिकांश नेता राष्ट्रपति कार्यालय सितलनिवास पुगेको छन्। आफुहरु त्यहिँ रहेको कांग्रेस सांसद गगन थापाले जानकारी दिए ।

यसअघि नेता नेपालको चर्चा चलेको थियो । यहि चर्चाका कारण मन्त्री वन्न सांसदहरुको दौडधुप चलेको थियो । ओली समुहमा रहेका केहि नेताहरु पनि नेपाल समुहको सम्पर्कमा पुगिसकेका थिए । 

राष्ट्रपति विद्यादेवी भण्डारीले ७६(५) अनुसार प्रधानमन्त्रीमा नियुक्त गर्न संसदको बहुमत प्राप्त गर्ने आधार प्रस्तुत गर्न साँझ ५ बजेसम्मको समय दिएकी छन् ।
 

विशेष