News

प्रधानमन्त्रीमा देउवाको पनि दावी

प्रधानमन्त्रीमा देउवाको पनि दावी

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पनि प्रधानमन्त्री नियुक्तिका लागि राष्ट्रपतिसमक्ष दाबी पेश गरेका  छन् ।

देउवाले १४९ सांसदले हस्तक्षरसहित दावी गरेका हुन् ।  २०७८ जेठ ७ गते शुक्रबार सिहदरबारमा बसेको कांग्रेस, माओवादी केन्द्र, नेकपा एमालेको माधवकुमार नेपाल समूह र जनता समाजवादी पार्टीको उपेन्द्र यादव पक्षका शीर्ष नेताहरुको बैठकमा देउवालाई प्रधानमन्त्रीका रुपमा अघि सार्ने सहमति जुटेको हो ।

कांग्रेसका ६१, माओवादी केन्द्रका ४९ (एक स्वतन्त्रसहित), माधव नेपाल समूहका २६, जसपाका १२ र राष्ट्रिय जनमोर्चाका एक सांसदले हस्ताक्षर गरेका छन् ।

राष्ट्रपति विद्यादेवी भण्डारीले ७६(५) अनुसार प्रधानमन्त्रीमा नियुक्त गर्न संसदको बहुमत प्राप्त गर्ने आधार प्रस्तुत गर्न साँझ ५ बजेसम्मको समय दिएकी थिईन । देउवाले चार बज्नु भन्दा अगाडि नै  सरकार गठनका लागि दावी पेश गर्न विपक्षी दलहरु राष्ट्रपति कार्यालय शीतलनिवास पुगेका थिए ।

विशेष