News स्वास्थ्य

पछिल्लो २४ घण्टामा ७२११ लाई संक्रमण, २७ जनाको मृत्यु

पछिल्लो २४ घण्टामा ७२११ लाई संक्रमण, २७ जनाको मृत्यु

पछिल्लो २४ घण्टामा नेपालमा ७ हजार २११ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

१६ हजार १४७ जनाको पीसीआर र ६२३ जनाको एन्टिजेन परीक्षणमा ७ हजार २११ जनालाई संक्रमण पुष्टि भएको हो।

७ हजार १३७ जनाको पीसीआर परीक्षणवाट ७४ जनाको एन्टिजेन परिक्षणवाट पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । यो हालसम्मकै उच्च हो।

संक्रमित हुनेमा २८ सय ६४ महिला र ४२ सय ७३ पुरुष छन्।

यो सहित नेपालमा कोरोनाबाट संक्रमित हुनेको संख्या ३ लाख ३६ हजार ३० पुगेको छ। 

यस्तै पछिल्लो २४ घन्टामा कोरोना संक्रमणबाट थप २७ जनाको मृत्यु भएको छ। यो सहित कोरोनाबाट मृत्यु हुनेको संख्या ३३ सय २५ पुगेको छ।
 

विशेष