News

नयाँ सरकार गठन गर्न राष्ट्रपतिको आह्वान विरुद्ध १ दर्जन रिट

नयाँ सरकार गठन गर्न राष्ट्रपतिको आह्वान विरुद्ध १ दर्जन रिट

प्रधानमन्त्री केपी शर्मा ओलीले राजीनामा नदिई नयाँ सरकारको विकल्प दिन राष्ट्रपतिले गरेको आह्वानविरुद्ध १२ वटा रिट पेश भएका छन् । हालसम्म १२ वटा रिट पेश भएको सर्वोच्च अदालतले जनाएको छ।

रिटमा नयाँ सरकार गठनका लागि प्रधानमन्त्रीले राजीनामा दिनुपर्ने वा संसदबाट विश्वासको मत गुमाएको हुनुपर्ने भन्दै नयाँ सरकार गठनको आह्वान असंवैधानिक भएको तर्क गरिएको छ ।

संविधानको धारा ७६ को उपधारा ३ बमोजिम प्रधानमन्त्री नियुक्त भएका ओलीले विश्वासको मत लिने प्रक्रिया सुरू नगरी वा राजीनामा नदिई संविधानको धारा ७६ को उपाधार ५ बमोजिम नयाँ सरकार गठनको प्रक्रिया सुरु हुन नसक्ने रिटमा दाबी गरिएको छ ।

यता, संविधानको धारा ७६ को उपधारा ५ वमोजिम प्रधानमन्त्री नियुक्तिको प्रकृया सुरु भएको छ। नेपाली कांग्रेसका सभापति शेरवहादुर देउवा र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्रीका लागि दावी पेश गरेका छन् ।
 

विशेष