News राजनीति

लुम्विनी प्रदेशमा खैलावैला, चार सांसदले एकै पटक छोडे मुख्यमन्त्री पोखरेलको साथ

लुम्विनी प्रदेशमा खैलावैला, चार सांसदले एकै पटक छोडे मुख्यमन्त्री पोखरेलको साथ

एकल वहुमतको सरकार वनाउन हौसिएका लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेललाई एकमाथि अर्को धक्का लागेको छ । उनले एकल बहुमतको सरकार गठन गर्न आइतबार मुख्यमन्त्रीको पदबाट राजीनामा दिएका थिए ।

एमालेका ४१ सांसदको गणना गरेर वहुमतको सरकार गठन गर्ने सोच वनाएका पोखरेलाई सांसद विमला खत्रीले पहिलो झट्का दिइन् । खत्रीले आफू नेकपा माओवादी केन्द्रमा रहने भन्दै प्रदेशसभा सचिवालयमा निवेदन दिएपछि पोखरेल ४० सांसदमा सिमित भए । 

आफुसँग पनि ४० र विपक्षी गठबन्धनसँग पनि ४० सांसद नै रहेको अवस्थामा पनि उनले मुख्यमन्त्री वन्ने प्रयास जारी नै राखे । यसै विचमा एमालेका अर्का सांसद दूग नारायण पाण्डेले राजीनामा दिएर पोखरेललाई दोस्रो झट्का दिए । कपिलबस्तु २ क बाट विजयी भएका पाण्डेले राजिनामा दिएपछि पोखरेलको सपना चकनाचुर भएको छ ।

यतिमात्र होईन, त्यसलगत्तै एमालेका अन्य दुई सांसद अजय शाही र धर्मलाल श्रीवास्तवले पनि राजिनामा दिएको जनाईएको छ । यद्यपी पोखरेलले मुख्यमन्त्रीमा पुनर्नियुक्ति पाएका छन् । 

विशेष