News

देउवा पक्षमा हस्ताक्षर गरेका एमालेका २६ सांसदलाई कारवाही गरेको पत्र सितल निवासमा

देउवा पक्षमा हस्ताक्षर गरेका एमालेका २६ सांसदलाई कारवाही गरेको पत्र सितल निवासमा

नेकपा एमालेले शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन हस्ताक्षर गर्ने २६ जना सांसदलाई कारवाही गरेको छ ।

उनीहरुलाई दलको साधारण सदस्य समेत नरहने गरी कारबाही गर्ने निर्णय गरेको सूचना राष्ट्रपति कार्यालय पठाएको हो। उनीहरुले दलीय अनुशासन उल्लंघन गरेकाले कारबाही गर्ने जानकारी राष्ट्रपति कार्यालय पठाएको प्रधानमन्त्री केपी शर्मा ओली निकट स्रोतले जानकारी दिएको छ ।

माधव नेपाल पक्षले भने हस्ताक्षर गर्ने सांसदहरूलाई एमाले सचेतक विशाल भट्टराईले फोन गरेर थर्काईरहेको आरोप लगाएको छ ।

शुक्रबार संविधानको धारा ७६ (५) अनुसार नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले १४९ सांसदको हस्ताक्षरसहित राष्ट्रपति कार्यालयमा बुझाएकोमा एमालेको माधवकुमार नेपाल पक्षका २६ सांसदले पनि हस्ताक्षर गरेका थिए । 
 

विशेष