News राजनीति

‘समस्या आए अदालतले हेर्छ’ भन्दै प्रममा ओलीलाई नै नियुक्ती गर्ने तयारी !

‘समस्या आए अदालतले हेर्छ’ भन्दै प्रममा ओलीलाई नै नियुक्ती गर्ने तयारी !

राष्ट्रपति विद्यादेवी भण्डारीले प्रधानमन्त्रीमा फेरी पनि केपी शर्मा ओलीलाई नियुक्ति गर्ने प्रकृया सुरु गरेका सुचना वाहिरिएको छ ।

जे जस्ता कानुनी अवरोध आएपनि संविधानको धार ७६(५) अन्तर्गत ओलीलाई नै प्रधानमन्त्रीमा नियुक्त गर्ने प्रकृया सुरु भएको स्रोतले जनाएको छ। कानुनी अड्चन आए अदालतले टुंग्याउने भन्दै यस्तो तयारी गरिएको हो । 

एमाले श्रोतका अनुसार, राष्ट्रपति भण्डारीले यसका लागि प्रधानमन्त्रीको रुचिमा महान्यायाधिवक्ता रमेश बडाल र कानून बिज्ञ बाबुराम दाहाललाई बिज्ञप्ती तयार गर्न लगाएकी छिन् । उनीहरुले विज्ञप्ति तयारी गरेपछि प्रधानमन्त्री ओलीले फाइनल गर्ने र राष्ट्रपतिले जारी गर्ने तयारी छ ।

राष्ट्रपति भण्डारीले विहिवार विज्ञप्ति जारी गर्दै ७६(५) अनुसार वहुमत सिद्ध गर्न आह्वान गरेकी थिईन् । प्रधानमन्त्रीमा नियुक्त गर्न संसदको बहुमत प्राप्त गर्ने आधार प्रस्तुत गर्न दिईएको साँझ ५ बजेसम्मको समयमा नेपाली कांग्रेसका सभापति शेरवहादुर देउवा र नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले दावी प्रश्तुत गरेका छन् ।

ओलील एमालेका १२१ र जनता समाजवादी पार्टी (जसपा)का १६ सांसदको हस्ताक्षरसहित दाबी पेश गरेका छन् भने देउवाले कांग्रेसका ६१, माओवादी केन्द्रका ४९ (एक स्वतन्त्रसहित), माधव नेपाल समूहका २६, जसपाका १२ र राष्ट्रिय जनमोर्चाका एकसहित १४९ सांसदको हस्ताक्षर वुझाएका छन् ।
 

विशेष