News कभर स्टोरी

भक्तपुरमा सात वर्षिया बालिका बलात्कृत, टोले नेताको दवाबमा मिलापत्र, न्याय माग्दा आक्रमण  

भक्तपुरमा सात वर्षिया बालिका बलात्कृत, टोले नेताको दवाबमा मिलापत्र, न्याय माग्दा आक्रमण  

सुनिल धामी

बलात्कार जस्तो जघन्य अपराध कानूनतः मिलापत्र गराउनु हुदैन । गत वर्षका मंसिर महिनामा बलत्कारको घटनामा मिलापत्र गराउँदा परिणाम बझाङ्गको मस्टा गाउँपालिकाकी १३ वर्षिया बालिका सम्झना बिकले कलिलो उमेर मै ज्यान गुमाउनु परेको थियो ।


बालिका सम्झना बिकको हत्या भएपछि प्रतिनिधिसभाको महिला तथा सामाजिक समितिले बलात्कार जस्तो जघन्य अपराधमा मिलापत्र गराउने व्यक्तिलाई समेत कानूनी कारबाहि गरिनु पर्ने माग गरेको थियो । लगत्तै सरकारले बलात्कार जस्ता अपराधका घटना कानुनी प्रक्रियामा जान नदिई मिलापत्र गराउने व्यक्तिलाई समेत कैद र जरिवाना हुने गरी तीनवटा कानुन संशोधन गर्न अध्यादेश ल्याएको थियो  ।


भद्रभलादमी’, पञ्चायती, न्यायिक समितिबाटै तथा पहुँच र आर्थिक प्रलोभनमा बलात्कारका घटनालाई टुंग्याउने गरिएपछि मिलापत्र गराउनेलाई पनि कैद र जरिवाना गर्न ‘केही ऐनलाई संशोधन गर्न बनेको अध्यादेश’ गत वर्षको मंसिरमा न्त्रिपरिषद्ले पारित समेत गरेको थियो । अध्यादेशमा बलात्कारका कसुर मिलापत्र गराउनेमाथि ६ महिनादेखि ३ वर्षसम्म कैद र ३० हजार रुपैयाँ जरिवाना हुन सक्ने व्यवस्था गरिएको छ ।


विद्यमान कानूनमा बलात्कार जस्तो जघन्य अपराध मिलापत्र गराउनु अपराध हो । यद्यपी झक्तपुरको ठिमी नगरपालिका १ मनोहरा वस्तीमा भने एक सात वर्षिया बालिका बलात्कृत भएको घटनालाई कागजमा मिलापत्र गरेर ढाकछोप गरिएको भेटिएको छ । 


गत वर्षको साउन २५ गतेतिर भक्तपुरको ठिमी नगरपालिका १ मनोहरा सुकुम्बासी वस्तीकी सात वर्षिया  सपना क्षेत्री (नाम परिवतित) बालिका १८ वर्षिय युवकद्धार बलत्कृत भईन । नातामा दाजु पर्ने युवकले सात वर्षिया बालिकालाई दिउँसो १२ बजे घरमा कोहि नभएको मौकाछोपी बलात्कार गरे । बालिका बलत्कृत भएको दोस्रो दिन साउन २६ गते एकजना स्थानिय भद्र भलाद्मीको दवाबमा घटनालाई 'हस्त बलात्कार' भएको भन्दै कागजी रुपमा मिलापत्र गरियो । पिडित बालिकाका बाबु आमाले न्याय माग्दा मरणासन्न तरिकाले कुटपिट गरियो । बलात्कार भएको करिब १० महिनापछि उक्त घटनाको भेद खुलेको छ ।

 
पिडित बालिकाकी आमाले रुदै भनिन्, ‘साउन २५ गतेको घटनाहो म कोटामा थिएँ । उहाँ (श्रीमान) सुतिरहनु भएको थियो । नानि खेल्न गएको थियो । पिडक र हामी एउटै घरमा बसेका थियौँ । घटना घटाउनेको नाम दिपेन हो । उसको आमाले दिपेन भनेर बाहिरबाट बोलाएपछि उ सर्ट लाउँदै हतार हतारमा निस्कियो । त्यो निस्केपछि मेरोछोरीपनि अधेरी भएर स्याँस्याँ गर्दै निस्किन ।’


उनि भछिन्, ‘त्यसपछि मैले नानीलाई के भयो नानी भनेर सोधे केहिपनि भनिन् । त्यसपछि मैले नानीलाई एक्लै राखेर सोधेँ नानीले दिपेन दादाले मम्मीलाई नभन्नु भनेको छ । बाबालाई भनिस भने मार्छ भन्नु भएको छ भनी । मैले नानीलाई म कसैलाई भन्दैन के भएको हो विस्तारै भन नानी भने, नानीले भनिन्  दादाले मलाई घोच्दिनु भयो । थिचि दिनु भयो । म भाग्न खोज्दा जोरले पक्रिनु भयो । म चिच्याउन खोज्दा मुख थुन्दिनु भयो ।’


‘नातामा दाजु पर्ने व्यक्तिले यस्तो गर्ला भनेर कल्पना पनि गरेको थिएन ।’ पिडित बालिकाका बाबुले रुदै भन्छन् । म आफै ड्राईभर हुँ, त्यो पापीलाई मैले २ वर्ष म आफैसँग खलासी लगेर हिँडे आज आएर मेरै पेटमा छुरा रोप्यो ।


स्थानिय गन्यमान्यहरुले बलात्कार जस्तो जघन्य अपराधलाई दबावमा मिलाई दिएको महिला अधिकारकर्मी सावित्री सुवेदी बताउँछिन् । स्थानिय टोले नेताहरुले राजनितिक दवाब र प्रभावमा विगत १० महिना देखि घटनालाई ढाकछोप गरे । जब पिडितको बाबुआमा न्याय माग्न प्रहरी प्रशासनमा आउनु भयो । त्यसपछि उहाँहरुलाई नै सिध्याउन पिडक पक्षले भौतिक आक्रमण गरे । पिडित बालिकाका बाबुको टाउकोमा गम्भिर चोट लागेको छ । आमाको खुट्टामा चोट लागेको छ ।

(पिडक पक्षका परिवारको आक्रमणबाट घाईते बालिकाका आमाबुवा)


प्रहरीले पनि पिडितलाई न्याय दिन नखोजेको अधिकारकर्मी सुवेदी बताउँछिन् । उनि भन्छिन्, प्रहरीले पनि पिडित माथि झन अन्याय गरेको छ । पिडित बालिकाका उजुरी लिन मानेको छैन । प्रहरीले पिडित माथि झन् अभद्र व्यवहार गरेको छ । 


सात वर्षिया बालिका साउन महिनाको २५ गते बलात्कृत भएकोमा स्थानिय टोल सुधार समितिका सचिव रहेका रबी विसीको दबावमा मिलापत्र गरेर घटना सामसुम पारिएको सुवेदी बताउँछिन् । प्रहरीले घटनाको मिलापत्र गराउने बिसीलाई समेत मुद्धा चलाउनु पर्ने उनले माग गरिन् । 


बलात्कार जस्तो जघन्य अपराधलाई हस्त बलात्कार भएको भन्दै मिलापत्र गरिएको कागज फेलापरेको छ । मिलापत्रको कागज स्थानिय मनोहरा वस्ती टोल सुधार समितिका सचिव रबी विसीको रोहोबरमा गरिएको पिडित बालिकाका अविभावक बताउँछन् ।

(बलात्कार जस्तो जघन्य अपराधलाई लुकाउन गरिएको हस्तलिखित कागज)


 मिलापत्रको कागजमा भनिएको छ, ‘गोपाल तिवारी खत्रीकी नाबालिका छोरी वर्ष ७ किलाई यहि मिति २०७७ साल श्रावण महिनाको २५ गते अन्दाजी दिनको १२ बजे आफ्नै बासस्थानमा दिपेन तिवारी भनिनेले काकिकी छोरी आफ्नी बहिनीलाई हातको औँला योनीमा छिराई हस्त बलात्कार गरेको र यो पटक मात्र नभई त्यो भन्दा पहिला पनि यो किसीमका हर्कत गरेको भन्ने पिडित बालिकाका आमाबाबुको भनाई छ । साथै यस क्रियाको कुनैपनि किसिमको क्षती नभएको र रगत पनि नआएको तर योनाङ्गमा रातो खत भएको भन्ने बालिकाका आमाबाबुको भनाई छ । अहिले बालिकाको मानसिक र शारिरीक अवस्था राम्रै रहेकोले पर्न गएको कुनै असरप्रती स्वयं आमाबुबा नै जिम्मेवार हुने भनि यो कागज गरी लेखी लेखाई दुबै तर्फका पक्षको सहिछाप गरियो ।’

 मिलापत्र गराउनेलाई समेत हदैसम्मको कानुनी कारबाहि गरिनु पर्ने महिला अधिकारकर्मी सावित्री सुवेदीको माग छ । उनि भन्छिन्, ‘जसरी बलात्कार जस्तो अमानविय, अक्षम्य अपराधलाई कागजी मिलापत्र गरेर बझाङ्गमा सम्झना विकले ज्यान गुमाउनु पर्याे सोही घटना भक्तपुरमा दोहोर्याउन खोजिनु घोर आपत्तिजनक छ । मिलापत्र गराउनेलाई पनि हदैसम्मको कारबाहिको माग गर्दछु ।’ 

यस्तो छ पिडित बालिकाका आमाबाबुको बयानः


 

सावित्री सुवेदी सात वर्षिया बालिका बलात्कृत

विशेष